मंगलबार, भदौ १६, २०८३

बाँकेकाे नरैनापुरमा २२ घर जलेर नष्ट

बाँकेको नरैनापुर गाउँपालिका–१, सुइयामा आगलागी हुँदा २२ घर जलेर नष्ट भएका छन्।
 |  मंगलबार, फागुन २५, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २५, २०७७

बाँके - बाँकेको नरैनापुर गाउँपालिका–१, सुइयामा सोमबार आगलागी हुँदा २२ घर जलेर नष्ट भएका छन्।

गाउँपालिकाको दलित बस्ती सुइँयामा भएको आगलागीबाट २२ घर जलेर पूर्णरूपमा नष्ट भएको घटनास्थल पुगेर फर्केका बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए। 

मनिजर पासीको कच्ची घरबाट लागेको आगो क्रमशः गाउँका अन्य घरमा पनि सल्किएपछि ठूलो क्षति भएको स्थानीयवासीको बताएका छन्।

सोमबार बिहान ११ बजे सुरु भएको आगलागी स्थानीय र प्रहरीको सहयोगमा २ घण्टामा नियन्त्रणमा लिइएको थियो।

सोमबार अपराह्न ५ बजेतिर प्रजिअ कुरुम्वाङको नेतृत्वमा जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले प्रभावित क्षेत्रमा पुगेर तत्काल प्रतिपरिवार १५ हजार रूपैयाँका दरले नगद राहत सहयोग गरेको केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए। 

त्यसैगरी नेपाल रेडक्रस सोसाइटीले पनि प्रभावित परिवारलाई सात हजार बराबरको प्रतिपरिवार गैरखाद्य सामग्री उपलब्ध गराएको छ। 

गाउँपालिकाले खानाको व्यवस्था गरिएको प्रजिअ कुरुम्वाङले जानकारी दिए। 

प्रकाशित: Mar 09, 2021| 00:57 मंगलबार, फागुन २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।