मंगलबार, भदौ १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हाम्रो हृदय विशाल छ, सबैलाई समेटेर लान्छौँ : माधव नेपाल 

हाम्रो हृदय विशाल छ, सबैलाई समेटेर लान्छौँ : माधव नेपाल 

दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठकपछि माधव कुमार नेपालले आफूहरुले सबैलाई समेटेर लैजाने बताएका छन्।
 |  सोमबार, फागुन २४, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २४, २०७७

काठमाडौं- दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठकपछि माधव कुमार नेपालले आफूहरुले सबैलाई समेटेर लैजाने बताएका छन्।

उनले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै नेपालले सबैलाई समेटेर अघि बढ्ने बताए। 

पार्टी त अलगअलग भयो नि भन्ने सञ्चारकर्मीको प्रश्नमा नेपालले भने, ‘हाम्रो हृदय नै विशाल छ, विशाल हृदयले सबैलाई समेटेर लान्छौँ।’

उनले लोकतन्त्रका मूल्यमान्यतालाई आत्मसाथ गरेर तथा लोकतान्त्रिक शक्तिहरुलाई साथमा लिएर आफूहरु अघि बढ्ने बताए।

उनले संविधानको रक्षाका लागि गरिएको सहकार्य अब पनि जारी रहने बताए।

सर्वोच्च अदालतको फैसलासँगै नेकपाको औचित्य समाप्त भएर तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र नै अस्तित्वमा आएपछि दाहाल–नेपाल समूहमा रहेका नेताहरुले आज स्थायी कमिटी बैठक गरेका थिए। 

आजको बैठकसँगै दुबै समूह अब आ–आफ्नो पूर्व पार्टीमा रहेर एकताका लागि पहल गर्ने भन्दै छुट्टिएका छन्।

प्रकाशित: Mar 08, 2021| 14:09 सोमबार, फागुन २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।