मंगलबार, भदौ १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा १३ जना सम्मानित

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा १३ जना सम्मानित

१११ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सोमबार १३ जनालाई सम्मान गरिएको छ।
 |  सोमबार, फागुन २४, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २४, २०७७

विराटनगर- १११ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सोमबार १३ जनालाई सम्मान गरिएको छ।

सामाजिक विकास मन्त्रालयले कोभिड–१९ को महामारीमा जनताको सेवामा उत्कृष्ट रुपमा कार्य गर्ने मोरङ, सुनसरी, उदयपुर, झापा र धनकुटाका कोभिड अस्पताल, प्रयोगशालामा काम गर्नेलाई सम्मान गरेको हो। 

सम्मानित हुनेहरुमा ११ जना स्वास्थ्यकर्मी र दुई जना महिला प्रहरी छन्। प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले सम्मानित गरे। १३ जनालाई सम्मानित गर्दै प्रदेश प्रमुख अधिकारीले महिलाहरुले व्यापकताभन्दा गहिराइमा जानुपर्नेमा जोड दिए। उनले देश बनाउने नयाँ सोच र उद्देश्य लिएर असल नागरिक बन्न आग्रह गरे।

आन्तरिक मामिला तथा कानून एवम् सामाजिक विकास मन्त्री हिक्मतकुमार कार्कीले महिलाले नेतृत्व गरेका स्थानमा व्यवस्थापन उत्कृष्ठ रहेको बताए। महिला नेतृत्व सफलताको द्योतक भएको उनले बताए। 

सामाजिक विकास मन्त्रालय र विभिन्न सामाजिक संघ संस्थाहरुको आयोजनामा भएको कार्यक्रमअघि जिल्लाप्रशासन कार्यालय मोरङबाट निस्किएको प्रभातफेरीले नगरको मुख्यमुख्य भागको परिक्रमा गरेको थियो। 

प्रकाशित: Mar 08, 2021| 13:38 सोमबार, फागुन २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।