मंगलबार, भदौ १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पेरिसडाँडामा नेकपाको बिदाइ बैठक, खनालले भने– फेरि भेटौंला

पेरिसडाँडामा नेकपाको बिदाइ बैठक, खनालले भने– फेरि भेटौंला

‘अदालतको फैसला कार्यान्वयन गर्दै आआफ्नो पार्टीबाट रहेर एकताका लागि पहल गर्ने निष्कर्ष निकालिएको छ, फेरि भेटौंला।’
 |  सोमबार, फागुन २४, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २४, २०७७

काठमाडौं– नेकपा दाहाल–नेपाल समूहको सोमबार पेरिसडाँडामा बसेको बैठक बिदाइ बैठक बनेकाे छ।

सर्वोच्च अदालतले आइतबार नेकपा एमाले र नेकपा माओवादी केन्द्र अस्तित्वमा रहेको आदेश दिएपछि बसेको स्थायी कमिटी बैठकमा सहभागी नेताहरू अब पूर्वपार्टीमा रहेर एकताका लागि पहल गर्न सहमत भएका छन्।

यद्यपि बैठकको आधिकारिक निर्णय भने आइसकेको छैन।

बैठकबाट बाहिरिँदै वरिष्ठ नेता झलनाथ खनालले भने, ‘अदालतको फैसला कार्यान्वयन गर्दै आआफ्नो पार्टीबाट रहेर एकताका लागि पहल गर्ने निष्कर्ष निकालिएको छ, फेरि भेटौंला।’

उनले अदालतको फैसलालाई राजनीतिक फैसला भएको टिप्पणी गरे। उनले भने, ‘अब एमाले र माओवादी केन्द्र आआफ्नो हिसाबले  एकताका लागि अघि बढ्ने हो। आजको नेकपाको यो बैठक अन्तिम हो।’

प्रकाशित: Mar 08, 2021| 13:33 सोमबार, फागुन २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।