काठमाडौं– नेकपा दाहाल–नेपाल समूहका नेताहरूले आआफ्नो पूर्वपार्टीबाट एकताका लागि पहल गर्ने भएका छन्।
समूहको स्थायी कमिटीको सोमबार बसेको बैठकले अदालतको फैसला कार्यान्वयन गर्दै आआफ्नो पार्टीबाट रहेर एकताका लागि पहल गर्ने निष्कर्ष निकालेको वरिष्ठ नेता झलनाथ खनालले बताए।
अब एमाले र माओवादी केन्द्र आफ्नोआफ्नो हिसाबले अघि बढ्ने भएका छन्। खनालले भने, ‘अदालतको फैसला राजनीतिक भयो, यसमा हाम्रो असहमति छ। तर फैसला मान्नैपर्यो।’ बैठकबाट फर्किंदै खनालले भने, ‘फेरि भेटौंला।’