काठमाडौं– नेकपा दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकमा पार्टी एकतालाई जोगाउने विषयमा छलफल भएको छ।
बैठकमा बोल्ने नेताहरूले लोकतन्त्र र संविधानको रक्षाका लागि भए पनि एक पटक केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल गराउनुपर्ने प्रस्ताव राखेका हुन्।
बैठकमा नेताहरूले एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा रहने सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित भएको भन्दै आपत्ति जनाएका थिए।
‘सर्वोच्च अदालतको आदेशबारे छलफल भयो। केही नेताहरुले राजनीतिक भएको भन्दै आपत्ति जनाएका थिए। एकता प्रक्रिया जोगाउन दाहाल र ओलीबीच एक पटक छलफल हुनुपर्छ भन्ने धेरैको धरणा छ’, नेता रघुजी पन्तले भने।
नेताहरूले एकताका लागि अन्य विकल्पमा पनि छ्लफल गर्नुपर्ने भन्ने धारणा राखेका छन्। बैठक जारी छ।