काठमाडौं- दाहाल–नेपाल नेपाल समूहको स्थायी कमिटी बैठकअघि माधवकुमार नेपालले आफू निकट एमालेका नेताहरुसँग छुट्टै छलफल गरेका छन्।
पेरिसडाँडामा अहिले दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक बसिरहेको छ। यसअघि नेपालले बानेश्वरस्थित अर्याल होटेलमा आफू निकट एमालेका नेताहरुसँग छलफल गरेका हुन्।
सर्वोच्चको फैसलालापछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल केन्द्रित भएको बताइएको छ।
आफू निकटका नेताहरुसँग अब पूर्ववत रुपले जाने वा सर्वोच्चको फैसलामा पुनरावकोलनमा जाने भन्नेबारे छलफल भएको बताइएको छ।