मंगलबार, भदौ १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मन्त्रीको अगुवाइमा नेकपाको बोर्ड हटाएर एमालेको राखियो

मन्त्रीको अगुवाइमा नेकपाको बोर्ड हटाएर एमालेको राखियो

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषि कट्टेलको हुने फैसला सुनाएको भोलिपल्ट मोरङमा नेकपाको बोर्ड हटाएर नेकपा (एमाले)को राखिएको छ। 
 |  सोमबार, फागुन २४, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २४, २०७७

विराटनगर– सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषि कट्टेलको हुने फैसला सुनाएको भोलिपल्ट मोरङमा नेकपाको बोर्ड हटाएर नेकपा (एमाले)को राखिएको छ। 

एमाले नेता तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालको उपस्थितिमा एमालेको बोर्ड राखिएको हो।

नेता ढकालले सर्वोच्चको फैसलापछि सूर्य चिह्न पनि टुंगो लागेको बताए। उनले भने,‘सूर्य चिह्नबारेको अन्यो हटेको छ।’ एमालेले अब आफ्नो गतिविधि सुरु गरेको उनले बताए। नेकपाको नाममा रहेको सम्पत्ति अब एमालेकै हुने नेता ढकालले बताए।

मोरङ अध्यक्ष ऋषिकेश पोखरेलले जनसंगठनहरुले सोमबारदेखि पूर्ववत् रुपमै आफ्नो गतिविधि सुरु गर्ने बताए। पोखरेलले पहिलेकै नाममा जनसंगठनहरुले आफ्ना गतिविधि सुरु गर्ने जानकारी दिए।

कार्यक्रममा तत्कालीन एमालेका नेताहरु गुरु बराल, विनोद ढकाल, जनवर्गीय संगठनका नेता तथा कार्यकर्ताको उपस्थिति थियो। 

प्रकाशित: Mar 08, 2021| 09:01 सोमबार, फागुन २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।