बिहीबार, फागुन २८, २०८२

साउदी अरबमा आक्रमणपछि कच्चा तेलको मूल्य वृद्धि

कोरोना भाइरसको महामारीयता पहिलो पटक कच्चा तेलको भाउ उच्चरुपमा वृद्धि भएको छ।
 |  सोमबार, फागुन २४, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २४, २०७७

एजेन्सी- कोरोना भाइरसको महामारीयता पहिलो पटक कच्चा तेलको भाउ उच्चरुपमा वृद्धि भएको छ।

National life

साउदी अरबको तेल प्रतिस्ठानमा आक्रमण भएको कथित प्रतिवेदनपछि आज कच्चा तेल (ब्रेन्ट अयल) को भाउ प्रतिब्यारेल ७० डलरका दरभन्दा माथि पुगेको छ। उता अमेरिकामा पनि कच्चा तेलको भाउ विगत दुई वर्षकै सबैभन्दा उच्च विन्दुमा पुगेको छ।

समाचार एजेन्सी रोयटर्सलाई उधृत गर्दै बीबीसीले जनाएअनुसार कच्चा तेलको मूल्य आज प्रतिब्यारेल ७१.३८ डलर पुगेको छ। यो जनवरी ८,२०२० यताको सबैभन्दा उच्च दर हो।

यमनको हुती विद्रोहीले साउदी अरबको कच्चा तेल उद्योगमा आइतबार कथित रुपमा ड्रोन र मिसाइल आक्रमण गरेको थियो। आक्रमणमा रास तनूराको एक महत्वपूर्ण साउदी अरामको तेल भण्डारलाई निशाना बनाइएको बताइएको छ। तर साउदी अरबले यो आक्रमणलाई ‘असफल प्रयास’ भनेको छ।

मार्च ४ मा पनि साउदी अरबको जेद्दाहमा आक्रमण भएको थियो।

Laxmi sunrise bank
kumari

तेल उत्पादकहरुको समूह ओपेक र उसका सहयोगीहरुको उत्पादन कटौतिको निर्णयपछि कच्चा तेलको मूल्य बढेको हो।
उता चीनमा कच्चा तेलको माग २०२१ को सुरुवाती दुई महिनामा गत वर्षको भन्दा ४.१ प्रतिशतले बढेको छ। चीन संसारको सबैभन्दा ठूलो तेल आयात गर्ने देश हो।

चीनले आफ्नो प्रशोधन क्षमतालाई बढाएसँगै तेलको माग पनि लगातार बढाउँदै गएको छ।

कच्चा तेलको मूल्य वृद्धिका बाबजुद साउदी अरबका तेलमन्त्रीले कच्चा तेलको मागमा आएको कमी छिटै टर्ने दाबी गरेका छन्।

कच्चा तेलको मूल्य बढेसँगै संसारभर पेट्रोलियम पदार्थको मूल्य केही बढ्नसक्ने आशंका गरिएको छ।

प्रकाशित: Mar 08, 2021| 08:54 सोमबार, फागुन २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।