काठमाडौं– संघीय समाजवादी पार्टी नेपाल संसदीय दलको बैठक दलको कार्यालय सिंहदरबारमा बस्दै छ।
आज दिउँसो दुई बजेका लागि बैठक बोलाइएको छ। संसदमा कसरी प्रस्तुत हुने, पछिल्लो राजनीतिक घटनाक्रममा कसरी अगाडि बढ्ने लगायतका एजेन्डामा छलफल हुने जसपा सांसद उमाशंकर अरगरियाले जानकारी दिए।
संघीय समाजवादी र जसपा एकीकृत भएर बनेकाे जसपा संसदीय दलकाे बैठक भने भाेलि मंगलबार बस्ने बताइएकाे छ।