आइतबार, वैशाख १३, २०८३

‘कन्डम निःशुल्क, प्याडलाई पैसा किन?’

‘पुरुषले कन्डम निःशुल्क पाउँछन् भने महिलाले प्याड किन निःशुल्क नपाउने?'
 |  सोमबार, फागुन २४, २०७७

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

सोमबार, फागुन २४, २०७७

काठमाडौं– संरक्षक समूह नेपालले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा राजधानीको माइतीघरमा विशेष र्‍याली आयोजना गरेको छ।

National life

समूहले महिलालाई निःशुल्क प्याड उपलब्ध गराउनुपर्ने माग गर्दै र्‍याली निकालेको हो।

समूहले लामो समयदेखि महिलालाई निःशुल्क प्याड उपलब्ध गराउन अभियान चलाउँदै आएको संस्थाकी परियोजना प्रबन्धक मनीषा घिमिरेले बताइन्।

उनले भनिन्, ‘पुरुषले कन्डम निःशुल्क पाउँछन् भने महिलाले प्याड किन निःशुल्क नपाउने? प्याड पनि निःशुल्क उपलब्ध हुनुपर्‍याे। यसैबीच समूहले आज काठमाडौं महानगरपालिकाको कार्यालय बागदरबारमा प्याड बैंक स्थापना गर्न लागेको छ।

घिमिरेले भनिन्, ‘अहिले दुई सय वटा प्याड राखेर बैंक सञ्चालन गर्दै छौं। यसलाई बढाउँदै लैजाने योजना छ।' सरकारले प्याडमा १३ प्रतिशत करसमेत लिँदै आएको छ। 

kumari

प्रकाशित: Mar 08, 2021| 07:18 सोमबार, फागुन २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।