पर्सा – वीरगञ्जमा बृहत् व्यवस्थापक संकायको शैक्षिक प्रदर्शनी गरिएको छ।
ग्लोबल बिजनेस कलेजले कक्षा ११ र १२ का विद्यार्थीहरूको सहभागितामा प्रदर्शनी गरेको हो।
प्रदर्शनीमा शैक्षिक संस्था व्यवस्थित, औद्योगिक क्षेत्रमा प्रशोधन केन्द्र, कम्पनीमा ट्रायल ब्यालेन्स र समाजमा रहेको सांस्कृतिक पर्व छठ, इदउलफित्र, माघीलगायतमा विभिन्न बैंकहरूले प्रदान गर्ने कर्जा त्यसका सहुलियतबारे देखाइएको थियो।
किताबी ज्ञानभन्दा बाहिरको ज्ञान पनि शैक्षिक संस्थामा आवश्यक भएकाले कलेजको अतिरिक्त कार्यक्रमअन्तर्गत शैक्षिक प्रदर्शनी गरिएको कलेजका प्रधानाध्यापक श्रीराम दासले बताए।