आइतबार, साउन १०, २०८३

पञ्जाबमा महिलालाई बस यात्रा निःशुल्क

भारतको पञ्जाब सरकारले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा त्यहाँका महिलाहरुलाई गजबको उपहार दिएको छ।
 |  सोमबार, फागुन २४, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २४, २०७७

काठमाडौं– भारतको पञ्जाब सरकारले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा त्यहाँका महिलाहरुलाई गजबको उपहार दिएको छ।

सरकारी घोषणाअनुसार अब महिलाहरुले बसमा निःशुल्क यात्रा गर्न पाउनेछन्। यो सुविधा राज्य सरकारले सञ्चालन गरेका सबै सरकारी बसमा पाइनेछ। अब त्यहाँका महिलाहरुले सरकारी बसमा जहाँ गए पनि पैसा तिर्नुपर्ने छैन। 

नारी दिवसकै दिन विधानसभामा बजेट पेश गर्दै राज्य सरकारले यस्तो घोषणा गरेको हो। पञ्जाबका वित्तमन्त्री मनप्रीत सिंह बादलले  आर्थिक वर्ष २०२०–२१ का लागि १ लाख ६८ हजार १५ करोडको बजेट प्रस्तुत गरेका छन्।

सरकारले ज्येष्ठ नागरिकको मासिक पेन्सन ७५० बाट बढाएर १५०० भारु बनाएको छ। त्यसैगरी किसानले लिएको ५२६ करोड ऋण मिनाहा गर्ने घोषणा पनि गरेको छ।

प्रकाशित: Mar 08, 2021| 06:59 सोमबार, फागुन २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।