मंगलबार, भदौ १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लापोर्ता बार्सिलोनाको नयाँ अध्यक्ष, कस्तो रहला मेस्सीसँगको सम्बन्ध ?

लापोर्ता बार्सिलोनाको नयाँ अध्यक्ष, कस्तो रहला मेस्सीसँगको सम्बन्ध ?

जोअन लापोर्ता फुटबल क्लब बार्सिलोनाको अध्यक्षमा निर्वाचित भएका छन्।
 |  सोमबार, फागुन २४, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २४, २०७७

काठमाडौं - जोअन लापोर्ता फुटबल क्लब बार्सिलोनाको अध्यक्षमा निर्वाचित भएका छन्। क्लबको १४ औं निर्वाचित अध्यक्षका रूपमा लापार्ता निर्वाचित भएका हुन्।

क्याटलान वकिलले यसअघि पनि सन् २००३ देखि २०१० सम्म अध्यक्षको पदमा रहेर काम गरिसकेका छन्। उनले आइतबार सम्पन्न चुनावमा ३० हजार १८४ भोटमध्ये ५४ दशमलव २८ प्रतिशत भोट प्राप्त गरे। यसअघि २००३ मा उनले ५२ दशमलव ६ प्रतिशत भोट पाएका थिए।

अब उनले २०२६ सम्म बार्सिलोनाको अध्यक्षका रूपमा काम गर्नेछन्। उनी निर्वाचित भएसँगै क्लबको मेस्सीसँगको सम्बन्धमा सुधार आउने विश्वास गरिएको छ।

उनले अध्यक्ष पदका लागि उम्मेद्वारी दिएपछिको भाषणमा बार्सिलोनाका कप्तान लियोनेल मेस्सीलाई क्याम्प नोउमा राख्ने बताउँदै आएका थिए। अब उनले दिएको वाचा पूरा गर्ने समय भएको स्पेनिस मिडिया मार्काले उल्लेख गरेको छ।

भोट काउन्ट भइरहेको समयमा उनले भनेका थिए, ‘यदि आज मैले जितेँ भने आज राति नै जर्ज मेस्सीलाई बोलाउनेछु र कुरा गर्नेछु।’ जर्ज मेस्सी लियोनेल मेस्सीका पिता र एजेन्ट हुन्।

हिजो सम्पन्न चुनावको भोट काउन्ट सकिएपछि भिक्टर फ्रन्ट र टोनी फ्रेक्जालाई हराएर लापोर्ता अध्यक्षमा निर्वाचित भएका थिए।

मेस्सी र लापोर्ताले लामो समयबाट आफ्नो राम्रो सम्बन्ध कायम राखेका छन्। लापोर्ताले २०१० मा बार्सिलोना छोडेका थिए। 

यता अर्जेन्टिनी खेलाडी मेस्सीले पनि खेलाडीका रूपमा पहिलोपटक बार्सिलोना बोर्डमा भोट गरेका थिए।

यो चुनावमा जित निकालेसँगै लापोर्तासँग बार्सिलोनाको ठूलो र नमिलेको टिमलाई चलायमान बनाउने चुनौती आइपरेको छ।

जोसेप मारिया बर्टोमेउले राजीनामा दिएपछि बार्सिलोनामा नयाँ चुनावको हल्ला सुरु भएको थियो। र, चुनावसँगै क्लबमा खेलाडी व्यवस्थापनले प्राथमिकता पाउने विश्वास गरिएको छ।

‘आज लियोनेल मेस्सी बार्सिलोनामा उमेर समूहको टिममा डेब्यू गरेको २० वर्ष पुगेको छ,’ उनले चुनाव जितेपछि भनेका छन्, ‘आज विश्वका उत्कृष्ट खेलाडीलाई छोरासहित क्लबमा आएर भोट गरिरहेको देख्नु हाम्रो लागि गर्वको कुरा हो।’ 

आज सोमबार लापोर्ता ११ वर्षपछि बार्सिलोनाको अध्यक्षका रूपमा क्याम्प नोउ प्रवेश गर्दैछन्।

प्रकाशित: Mar 08, 2021| 06:29 सोमबार, फागुन २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।