काठमाडौं - दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक सरेको छ।
आज ११ बजे पेरिसडाँडामा बस्ने भनिएको बैठक दिउँसो ३ बजेका लागि सरेको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए।
बैठककाे तयारी र थप परामर्श गर्न भन्दै बैठक सरेकाे बताइएकाे छ।
पछिल्लो राजनीतिक घटनाक्रमबारे रणनीति बनाउन स्थायी कमिटी बैठक बिहान डाकिएको थियाे।
सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँतिएको फैसला गरेसँगै आगामी रणनीति बनाउन बैठक बोलाइएको हो।