बुधबार, चैत ११, २०८२

मेयर कप क्रिकेटको उपाधि साँफेबगरलाई 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
अछाम । प्रथम मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि साँफेबगर नगरपालिकाले जितेको छ । सोमबार सम्पन्न फाइनल खेलमा आयोजक मङ्गला विकास क्लबलाई २८ रनले पराजित गर्दै साँफेबगरले उपाधि हात पारेको हो । 

टस जितेर ब्याटिङ गरेको साँफेबगर नगरपालिकाले निर्धारित १५ ओभरको खेलमा नौ विकेट गुमाउँदै एक सय चार रन बनायो । एक सय पाँच रनको विजय लक्ष्य पछ्याएको मङ्गला विकास क्लबले ११ दशमलव चार ओभरमा सवै विकेट गुमाएर ७६ रन मात्र बनायो । म्यान अफ द म्याच साँफेबगरका मनिस कुँवर घोषित भए ।
  
उपाधिसँगै साँफेबगरले ७७ हजार सात सय ७७ रुपैयाँ, मेडल तथा प्रमाणपत्र प्राप्त गर्‍यो । उपविजेता मङ्गला विकास क्लबले रु २५ हजार पुरस्कार पायो । प्रतियोगिताको म्यान अफ द सिरिज मङ्गला विकास क्बलका सागर भण्डारी भए । 

मङ्गला विकास क्लबका अध्यक्ष गणेशबहादुर रावल, जिल्ला समन्वय समितिका उपप्रमुख टोपबहादुर रावल, मङ्गलसेन नगरपालिकाका नगर प्रमुख पदम बोहरालगायतले पुरस्कार प्रदान गरेका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।