मंगलबार, भदौ १६, २०८३

‘रिचार्ज काठमाडौं सञ्चालन कार्यविधि २०७७’ स्वीकृत

काठमाडौं महानगरपालिकाले ‘रिचार्ज काठमाडौं, सञ्चालन कार्यविधि-२०७७’ स्वीकृत गरेको छ। 
 |  सोमबार, फागुन २४, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २४, २०७७

काठमाडौं - काठमाडौं महानगरपालिकाले ‘रिचार्ज काठमाडौं, सञ्चालन कार्यविधि-२०७७’ स्वीकृत गरेको छ। 

५८औं कार्यपालिका बैठकले सो कार्यविधि स्वीकृत गरेको हो।

यसैगरी बैठकले ‘व्यावसायिक कार्ययोजना बनाउने सहयोग गर्नेसम्बन्धी अवधारणा पत्र’ पनि स्वीकृत गरेको छ। 

रिचार्ज काठमाडौं कार्यक्रमअन्तर्गत भूमिगत जल सतहको व्यवस्थापनका लागि जमिन सतहमा भएको पानी जमिनमुनि पठाउन गरिने क्रियाकलापसम्बन्धी व्यवस्था छन्। 

यसैगरी व्यावसायिक कार्ययोजना बनाउन सहयोग गर्नेसम्बन्धी अवधारणामा टोल तथा समुदायमा स्थानीय तथा परम्परागत सीपको प्रयोग गरेर उत्पादन गरिने सामानको बजारीकरणका लागि तयार पारिने कार्ययोजनासम्बन्धी व्यवस्था छन्। 

त्यस्तै बैठकले ‘स्वस्थ्य मिर्गौला, स्वस्थ्य काठमाडौं कार्यक्रम’ सञ्चालनसम्बन्धी कार्यविधि– २०७७’ र ‘प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत गर्नेसम्बन्धी मापदण्ड’ तयार गर्न सहमति दिएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए। 

यी कार्यविधि र मापदण्ड विधायन समितिमा छलफल भएपछि कार्यपालिका हुँदै स्वीकृतिका लागि नगरसभामा पेस हुनेछन्। रासस

प्रकाशित: Mar 08, 2021| 04:15 सोमबार, फागुन २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।