मंगलबार, भदौ १६, २०८३

बिमा रकमको लोभमा गाडीले किचेर श्रीमतीको हत्या

बिमा रकमको लोभमा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेको खुलेको छ।
 |  सोमबार, फागुन २४, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २४, २०७७

बुटवल– बिमा रकमको लोभमा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेको खुलेको छ।

घटना रुपन्देहीको हो। गत पुस १५ गते इलाका प्रहरी कार्यालय लुम्बिनीको गस्ती टोलीले कोटहीमाई गाउँपालिका–१ बाट मर्चवार जाने कच्ची सडकमा एक महिलालाई सख्त घाइते अवस्थामा भेट्यो। उनी बोल्न पनि नसक्ने अवस्थामा थिइन्। गस्ती टोलीले उनलाई तत्काल उद्धार गरी भैरहवास्थित भीम अस्पतालमा पुर्‍यायो। तर त्यहाँ पुर्‍याउँदा उनको मृत्यु भइसकेको थियो। मृतक समरीमाई गाउँपालिका–५ बस्ने कुशुम लोध रहेको खुल्यो। 

प्रहरीले घटनाको अनुसन्धान अगाडि बढायो। खोज्दै जाँदा त कुसुमलाई उनकै पतिले त्यो अवस्थामा पुर्‍याएको खुल्यो। पत्नीको बिमा रकमको लोभमा सैलेशकुमार लोधले गाडीले हानेर पत्नीको हत्या गरेको खुलेको प्रहरीले जानकारी दिएको छ।

रुपन्देही प्रहरी प्रमुख प्रवीण पोखरेलका अनुसार सैलेशले अपराध स्वीकारेको छ। पिकअप गाडीले ठक्कर दिएको र पटक–पटक ब्याक गरेर मारेको बयान उसले प्रहरीमा दिएको छ। पत्नीलाई गाडीले किचेपछि उसले मंगलसूत्र पनि निकालेर लगेको थियो। प्रहरीका अनुसार घटनास्थलमा एउटा मोटरसाइकल पनि भेटिएको थियो।

प्रहरीले मृतकको भिसेरा परीक्षण, जैविक विश्लेषण, प्राविधिक विश्लेषण र लुम्बिनी विकास कोषको सीसीटीभी फुटेजको आधारमा कुसुमका  पति सैलेश र देवर राजेशकुमार लोधलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा दुवैले आफ्नो अपराध कबुल गरेको एसपी पोखरेलले बताए। 

सैलेश बिमा कम्पनीको एजेन्ट रहेको र उसले श्रीमतीको नाममा नेपाल र भारतमा गरी ४० लाख रुपैयाँको बिमा गरेको खुलेको छ। श्रीमतीको नाममा उसले बैंकबाट कर्जा पनि लिएको अनुसन्धानमा देखिएको छ।

बिमा गर्नेको बिमा अवधि नपुग्दै मृत्यु भए बिमा रकममा थप गरी रकम पाइने, किरिया खर्च छुट्टै पाइने र बैंकमा रहेको ऋण पनि छुट हुने भएकाले हत्या गरेको अभियुक्तले बयान दिएको छ।
 

प्रकाशित: Mar 08, 2021| 02:54 सोमबार, फागुन २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।