मंगलबार, भदौ १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पहाडी क्षेत्रमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने

पहाडी क्षेत्रमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने

आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
 |  सोमबार, फागुन २४, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २४, २०७७

काठमाडौं – केही दिनदेखि देशमा पश्चिमी वायु सक्रिय हुन थालेको छ। 

यद्यपि यसको प्रभाव भने आंशिक नै छ। जसकारण देशका विभिन्न क्षेत्रमा केही दिनदेखि निरन्तर बादल लाग्ने र केही ठाउँमा हल्का वर्षा हुने भइरहेको छ। 

अहिले पनि सुदूरपश्चिमका साथै पश्चिमी पहाडी जिल्लाहरुमा मौसममा पूर्ण बदली आएको छ भने अन्य ठाउँमा सामान्यदेखि आंशिक बदली रहेको छ। 

आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बागमती र प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। 

यस्तै देशको केही उच्च पहाडी तथा हिमाली भू(भागहरुमा हल्का हिमपातको सम्भावना पनि रहेको छ। 

प्रकाशित: Mar 08, 2021| 01:27 सोमबार, फागुन २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।