मंगलबार, चैत १०, २०८२

वैशाखदेखि विद्यार्थीले अनलाइनबाटै नो अब्जेक्सन सर्टिफिकेट पाउने

विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरुले नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) अब अनलाइनबाटै पाउने भएका छन्।
 |  आइतबार, फागुन २३, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २३, २०७७

काठमाडौं- विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरुले नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) अब अनलाइनबाटै पाउने भएका छन्।

National life

आगामी वैशाखबाट विद्यार्थीले अनलाइनबाटै फारम भरेर अनलाइनबाटै सर्टिफिकेट पाउने भएका हुन्। यसअघि अनलाइनबाट फारम भर्ने सुविधा भए पनि सर्टिफिकेट भने मन्त्रालयमा नै आएर लिनुपर्ने व्यवस्था थियो। वैशाख पहिलो साताबाट अनलाइन माध्यमबाटै सर्टिफिकेट उपलब्ध गराउने गरी मन्त्रालयले तयारी गरेको एनओसी शाखाका प्रमुख नारायण पोखरेलले जानकारी दिए।

अनलाइन माध्यमबाट विद्यार्थीले फारम भर्ने र बुझाउने गर्ने प्रक्रिया अनुरुप २०७७ साउन २६ गतेदेखि फागुन २३ गतेसम्ममा अनलाइन माध्यमबाट एनओसी फारम भरेर १८ हजार २६२ जनाले सर्टिफिकेट लिएका छन्। 

एक दिनमै एनओसी 

अब विद्यार्थीले फारम भरेको एक दिनमै एनओसी सर्टिफिकेट पाउने छन्। फारम भरेर बैंकमा पैसा बुझाएपछि सोही दिन नै विद्यार्थीले सर्टिफिकेट पाउनसक्ने मन्त्रालयले जनाएको छ। विद्यार्थीले आवदेन गरेका कागजपत्र प्रमाणिकरण गर्नेवित्तिकै विद्यार्थीले एनओसी पाउछन्।

Laxmi sunrise bank
kumari

आइतबार एनओसी आवेदन गर्ने ३८९ जना मध्ये ३०३ जनाको एनओसी प्रमाणिकरण गरिएको शाखाले जनाएको छ। एनओसी लिन विद्यार्थीले नागरिकताको प्रतिलिपि, पासपोर्ट, ऐकेडेमिक सर्टिफिकेट, अफरलेटर, विदेशी विश्वविद्यालयको हकमा समकक्षता प्रमाणपत्र लगायतका कागजपत्रसहित २ हजार शूल्क बुझाउनुपर्छ।

६ महिनामा एनओसी आवेदन दिने विद्यार्थीको संख्या २४ हजार

गत  भदौदेखि माघ ७ गतेसम्ममा एनओसी आवेदन दिने विद्यार्थीको संख्या २४ हजार ३०३ पुगेको छ। आवेदन दिएकामध्ये १७ हजार २१८ जनाले एनओसी सर्टिफिकेट लिईसकेका छन्। सबैभन्दा धेरै जापानमा अध्ययन गर्न जान ४ हजार ४७५ जना विद्यार्थीले एनओसी लिएका छन्। त्यस्तै भारतमा अध्ययन गर्न जाने ३ हजार ९४२ जना, अष्ट्रेलिया ३ हजार १५, दक्षिण कोरिया १ हजार ७१४, बेलायत १ हजार १३०, क्यानडा ८२३ तथा युएईका लागि ३५१ जनाले एनओसी लिएका छन्।

एनओसी लिनेको संख्या घट्यो 

विदेश अध्ययनमा जान एनओसी लिने विद्यार्थीको संख्या घट्दो क्रममा छ। आर्थिक वर्ष २०७५–७६ मा ६३ हजार २५९ जनाले एनओसी लिएकोमा ७६–७७ मा ३४ हजार ९४ जनाले एनओसी लिएका थिए। २०७७–७८ को गएको ६ महिनामा १७ हजार २१८ जनाले एनओसी लिएका छन्।

२०६५ सालमा २४ हजार ८२४ विद्यार्थीले एनओसी लिएपश्चात् २०७५ सालसम्म प्रत्येक वर्ष उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीको संख्यामा उल्लेख्य वृद्धि भएको थियो।

गत वर्षदेखि विश्वभर नै कोभिड १९ को प्रभावका कारण विदेशीने विद्यार्थीको संख्यामा कमी आएको साखाप्रमुख पोखरेलले बताए। उनले भने, ‘अहिले अन्य शैक्षिक गन्तव्य खुलीनसकेकाले भारत र जापानमा अध्ययनका लागि जाने विद्यार्थीले एनओसी लिएका छन्।’

प्रकाशित: Mar 07, 2021| 14:10 आइतबार, फागुन २३, २०७७
प्रतिक्रिया दिनुहोस्