आइतबार, साउन १०, २०८३

अभिनेता मिथुन चक्रवर्ती भाजपामा प्रवेश 

बलिउडका चर्चित अभिनेता मिथुन चक्रवर्ती भारतीय सत्तारुढ दल भाजपामा प्रवेश गरेका छन्।
 |  आइतबार, फागुन २३, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २३, २०७७

एजेन्सी- बलिउडका चर्चित अभिनेता मिथुन चक्रवर्ती भारतीय सत्तारुढ दल भाजपामा प्रवेश गरेका छन्।

पश्चिम बंगालका अभिनेता चक्रवर्ती कोलकातामा हुन लागेको प्रधानमन्त्री नरेन्द्र मोदीको र्‍यालीमा पुगेर पार्टीको सदस्यता ग्रहण गरेका हुन्।

भाजपाले चक्रवर्तीको प्रवेशलाई ‘ऐतिहासिक क्षण’ बताएको छ।

भाजपा प्रवेशको कार्यक्रममा मञ्चमा भाजपाका महासचिव कैलाश विजयवर्गीयले भाजपाको झण्डा अंकित खादा वडाएर उनलाई पार्टीमा स्वागत गरे।

साथै पश्चिम बंगालका भाजपा अध्यक्ष दिलीप घोषले पनि उनलाई पार्टीमा स्वागत गरेको जनाइएको छ।

विजयवर्गीयले आज बिहान मिथुन चक्रवर्तीले पार्टी प्रवेश गर्नेबारे खुलासा गरेका थिए। शनिबार पूर्व तृणमूल नेता दिनेश त्रिवेदी पनि भाजपामा प्रवेश गरेका थिए।

पश्चिम बंगालमा आउँदै गरेको चुनावका क्रममा पार्टी प्रवेश तथा र्‍यालीका कार्यक्रम चलिरहेका छन्।

त्यहाँको चुनावमा यसपटक मुख्यमन्त्री ममता बेनर्जीलाई केही असहज हुने आंकलन गरिएको छ।

प्रकाशित: Mar 07, 2021| 08:13 आइतबार, फागुन २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।