मंगलबार, चैत १०, २०८२

डीभी ग्रुपले सञ्चालनमा ल्यायो पिलाटिस स्टुडियो

डीभी ग्रुपले पिलाटिस स्टुडियो सञ्चालमा ल्याएको छ। ललितपुरको सानेपास्थित इन्टरनेशनल क्लबमा सञ्चालनमा ल्याइएको स्टुडियो नेपालमा पहिलोपटक भएको दाबी गरिएको छ।
 |  शनिबार, फागुन २२, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २२, २०७७

काठमाडौं- डीभी ग्रुपले पिलाटिस स्टुडियो सञ्चालमा ल्याएको छ। ललितपुरको सानेपास्थित इन्टरनेशनल क्लबमा सञ्चालनमा ल्याइएको स्टुडियो नेपालमा पहिलोपटक भएको दाबी गरिएको छ।

National life

पछिल्लो समय मानिसको व्यस्ततालाई मध्यनजर गर्दै पिलाटिस स्टुडियो सञ्चालनमा ल्याइएको स्टुडियोकी सञ्चालक ममता शाह बताउँछिन्। व्यस्तताका कारण शारीरिक व्यायमको लागि पर्याप्त समय नहुने तर छोटो समयमा शारीरिक तन्दुरुस्त हुन चाहनेका लागि यो स्टुडियो प्रभावकारी हुने बताइएको छ। 

पछिल्लो समय खानपान र जीवनशैलीका कारण मानिसमा मोटोपन बढ्दै जाने र उनीहरुलाई शारीरिक व्यायमको लागि धेरै समय खर्च गर्नुपर्ने भएकाले यसको अवधारणा आगडि सारेको सञ्चालक ममता शाह बताउँछिन्। 

यसको महत्वपूर्ण पक्ष भनेको व्यायम लगातार ३ वा ४ महिना गरेर छोड्दा त्यसपछि अनावश्यक रुपमा तौल नबढ्ने शाह बताउँछिन्। 

सामान्य व्यायमले जोर्नी दुख्नेलगाएतका अन्य समस्या देखिए पनि पिलाटिस व्यायम गर्दा शरीरमा अन्य असर नगर्ने उनी बताउँछिन्।

Laxmi sunrise bank
kumari

यस व्यायमले मांसपेशीहरूलाई आकर्षक र बलियो बनाउनेछ, शाह भन्छिन्, ‘कहिलेकाँही व्यक्तिको पेटको आकार शरीरको अन्य भागको तुलनामा धेरै मोटो हुन्छ, जसको कारणले शरीर भद्दा तथा अस्वस्थ हुन्छ, त्यसैले पेटको बोसो घटाउन यस व्यायामले फाइदा दिन्छ।’

यस व्यायमले पेटको मांसपेशीहरू, तल्लो पछाडि र हिप्स, र सासको प्रक्रियालाई मजबूत गर्ने बताइएको छ।
एक घण्टाको समयमा शरीरको सबै भागको व्यायम हुनेछ। तर खानपानमा ध्यान दिनु आवश्यक छ। व्यायमसँगै खानपान पनि कसरी गर्ने भन्ने विषयमा जानकारी दिइनेछ भने एक जनाको लागि एक जना प्रशिक्षक आवश्यक छ।

लिंग, उमेर समूह, रोग भएका वा नभएका, मानिसको जीवनशैली आदिलाई ध्यान दिएर व्यायम गराइन्छ। लकडाउनको समयमा मानिसलाई शारीरिक व्यायमको आवश्यकता बढेको महसुस गरी त्यसैबेला यो यसको अवधारणा ल्याएको शाह बताउँछिन्। 

विशेषगरी उपत्यकामा व्यायम गर्ने स्थानको कमी भएकाले त्यसले फलदायी हुने सञ्चालकको विश्वास छ। 

प्रकाशित: Mar 06, 2021| 13:23 शनिबार, फागुन २२, २०७७
प्रतिक्रिया दिनुहोस्