मंगलबार, चैत १०, २०८२

देवदहमा बौद्ध विश्वविद्यालयको डीन कार्यालय

लुम्बिनी बौद्ध विश्वविद्यालयले देवदहमा डीन कार्यालय सञ्चालन गरेको छ।
 |  शुक्रबार, फागुन २१, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २१, २०७७

बुटवल- लुम्बिनी बौद्ध विश्वविद्यालयले देवदहमा डीन कार्यालय सञ्चालन गरेको छ।

National life

नयाँ शैक्षिक सत्रदेखि तीनवटा देवदहबाट सञ्चालन गर्ने योजनासहित बुद्ध मावली देवदहमा डीन कार्यालय सञ्चालन गरिएको हो। 

सरकारले विश्वविद्यालयका लागि देवदहमा करिब ९० बिगा जमिन उपलब्ध गराउने निर्णय गरेको छ। शुक्रबार स्कुल अफ डेभलपमेन्ट स्टडिज एण्ड एप्लाइड साइन्सको डीन कार्यालय देवदहमा शुभारम्भ गरिएको छ। 

अर्थमन्त्री विष्णु पौडेलले शुक्रबार डीन कार्यालयको उद्घाटन र नयाँ पूर्वाधार निर्माण स्थलको अवलोकन गरेका छन्।

देवदहमा करिब १०० विगाहा जमिन प्राप्तीले समग्र क्षेत्रको विकासमा उचाइ पुगेको पौडेलको भनाइ छ। विश्वविद्यालयको पूर्वाधार र सडक पूर्वाधार एकैसाथ निर्माण गर्दै यसलाई पर्यटकीय क्षेत्रकै रुपमा विकास गर्नुपर्ने आवश्यकता रहेको पौडेलले बताए।

Laxmi sunrise bank
kumari

सो अवसरमा बोल्दै प्रतिनिधिसभाका सांसद छबिलाल विश्वकर्माले निकै मेहनतले देवदहमा विश्वविद्यालयले जग्गा प्राप्ती गरेको भन्दै अब यसको पूर्वाधार विकासमा प्राथमिकता दिनुपर्ने बताए। 

बुटवल र लुम्बिनीमा पठनपाठन गराइरहेको विश्वविद्यालयले बुटवलमा पनि डीन कार्यालय खोल्ने निर्णय गरेको छ।

प्रकाशित: Mar 05, 2021| 10:08 शुक्रबार, फागुन २१, २०७७
प्रतिक्रिया दिनुहोस्