बुधबार, चैत ११, २०८२

एशियाली खेलकूदका लागि बन्द प्रशिक्षण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
कञ्चनपुर । आगामी २ भदौ गतेदेखि इण्डोनेसियामा हुने १८ औँ एशियाली खेलकूद प्रतियोगितामा नेपालबाट सहभागी हुने कबड्डी खेलाडीको बन्द प्रशिक्षण कञ्चनपुरको भीमदत्तनगरमा हुँदैछ ।

राष्ट्रिय टोलीका लागि दुई दिनअघि १६ खेलाडी छनोट गरी प्रशिक्षण शुरु भइसकेको कबड्डीका मुख्य प्रशिक्षक तारासिंह भाटले जानकारी दिए । ‘२२ जना पुरुष खेलाडीबाट छनोट गरेर १६ जना प्रशिक्षणमा छन्,’ मुख्य प्रशिक्षक भाटले भने, ‘अर्को चरणमा छनोटपछि १२ जनाको सेट टिम बन्छ ।’

एक डेढ महिना भीमदत्तनगरमा बन्द प्रशिक्षणपछि खेलाडीलाई वैदेशिक प्रशिक्षणका लागि भारत पठाउने गृहकार्यसमेत भइरहेको उनले जानकारी दिए । ‘एशियालीमा हामीले स्तर सुधार्नाका साथै एकाध टिमलाई हराउन सक्छौँ,’ भाटले भने, ‘त्यहाँको अनुभवले अर्को वर्ष नेपालमा हुने साफ खेलकूदका लागि थप बल हाम्रा खेलाडीमा आउँछ ।’ आयोजक इण्डोनेसिया नै कबड्डीको बलियो टोली रहेको बताउँदै भाटले एशियाली खेलकूदमा बलिया टोली सहभागी हुने जानकारी दिए । 

जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले कञ्चनपुरमा कबड्डीसँगै भलिबल, बक्सिङ र कुस्तीको बन्द प्रशिक्षण हुने जानकारी दिए। ‘हल नपाइए कुस्ती यहाँ नहुन सक्छ,’ भट्टले भने, ‘जेठको पहिलो सातासम्म भलिबल र बक्सिङको टिम प्रशिक्षणका लागि यहाँ आइपुग्ने भनिएको छ ।’

बन्द प्रशिक्षणमा रहेका खेलाडी तथा प्रशिक्षकको आवास तथा खानपिनको व्यवस्थापन राष्ट्रिय खेलकूद परिषद्ले गरेको छ । गत फागुनदेखि भीमदत्तनगरका राष्ट्रिय जुनियर महिला कबड्डी खेलाडीको बन्द प्रशिक्षणसमेत भइरहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।