बुधबार, असोज ७, २०८३

जनकपुर साहित्य महोत्सव : जानकी मन्थनदेखि मैथिली साहित्यको इतिहासमाथि बहस

जनकपुरधाममा जारी जननकपुर साहित्य महोत्सवको दोस्रो दिन यहाँको भाषा तथा संस्कृतिको ईतिहास, माता जानकी, यहाँको पर्यटनका साथै एसीडपीडित महिलाको आक्रोश लगायतका विषयमा गन्थनमन्थन भएको छ।
 |  बिहीबार, फागुन २०, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २०, २०७७

जनकपुरधाम- जनकपुरधाममा जारी जननकपुर साहित्य महोत्सवको दोस्रो दिन यहाँको भाषा तथा संस्कृतिको ईतिहास, माता जानकी, यहाँको पर्यटनका साथै एसीडपीडित महिलाको आक्रोश लगायतका विषयमा गन्थनमन्थन भएको छ।

जानकी मन्थन शीर्षकको शत्रबाट जनकपुर साहित्य महोत्सवको दोस्रो दिनको शुभारम्भ भयो। जसमा मैथिलीका वरिष्ठ साहित्यकार डा. राजेन्द्र प्रसाद विमलले माता जानकीको जन्म, चरित्र तथा नारीत्वको विषयमा प्रवचन दिए। 

उनले सो शत्रमा विभिन्न रामायणमा उल्लेख जानकी जन्म र व्यक्तित्वको विषयमा प्रकाश पारे। साहित्यकार विमलले माता जानकीले सम्पूर्ण नारीमात्र नभई मानव जगतलाई त्याग र संयमताको भाव सिकाएको बताए।

जानकीको विषयमाथि चर्चा गरिरहँदा साहित्यकार विमलले मिथिलाको विषयमा समेत बोले। उनले रामराज्य अर्थात् सुशासनको नमूना मिथिलाले नै दिएको बताए। उनले भने, ‘भगवान रामले अयोध्यामा शासन गरेपछि मात्रै रामराज्यको चर्चा भयो र उनी असल राजाको छबि बनाउन सफल भए, भगवान रामले मिथिलाबाटै सुशासनको कला सिकेर अयोध्यामा लागू गरे।’

जानकी मन्थन शत्र समाप्त भएलगत्तै जनकपुरधामको पर्यटनलाई बढावा दिने उद्देश्यले राखिएको जाऔँ जनकपुर सुदर्शनजीसँग शत्रमा मानसी अग्रवालले जनकपुरधाममा पर्यटनको प्रचुर सम्भावना रहेको बताइन्। जनकपुरधामको पहिलो टुरिष्ट गाइड सुदर्शनलाल कर्णसँग कुरा गरिरहँदा अग्रवालले जनकपुरधामको सौन्दर्यको वर्णन गरिन्। यद्यपि पर्यटकलाई जनकपुरधाममै टिकाउनका लागि कुनै पनि ठोस योजना नरहेकोमा चिन्ता व्यक्त गरिन्।

आफू नेपालको मनाङ, मुस्तांग, रारा ताल र जनकपुरधाम घुम्न लालायित रहेको र जनकपुरधाम आएपछि यो सपना साकार भएको बताउँदै यहाँका मन्दिरहरुमा रहेका मनमोहक कलाकृतिले आकर्षित गरेको उनले बताइन्। मानसीले यहाँको लोक नृत्य झिझिया, मिथिला चित्रकला र लस्सी असाध्यै मन परेको अनुभवसमेत सुनाइन्। उनले भनिन् ‘यी तीन चिजले मलाई यति आकर्षित गर्यो कि मैले यहाँको नृत्य झिझिया र मिथिला चित्रकला सिकेँ, लस्सी दिनमा ३ पटकसम्म खान्थे।’ यद्यपि यी धरोहरहरुलाई प्रचारप्रसार गर्न नसक्दा जनकपुरधामको पर्यटनलाई फड्को मार्न नसकेको मानसीले बताइन्।

मैथिली साहित्य र इतिहास शत्रमा डा. रामावतार यादव र रोशन जनकपुरीले बहस गरेका थिए। डा. यादवले मैथिली भाषामाथि आफ्नैले पटकपटक आक्रमण गर्दा यसले आफ्नो समृद्धि गुमाउँदै गएको तितो यथार्थ रहेको बताए। उनले मैथिली भाषा मेरो हो भन्नेहरुले नै यसको संरक्षण तथा सम्वद्र्धनका लागि अगाडि नआएपछि यस्तो अवस्था सिर्जना भएको बताए। उनले भने ‘मैथिली भाषाको मिठास अझै जीवित छ भने यसको श्रेय विदेशी विद्वानहरुको हातमा जान्छ न कि हाम्रो।’

सोही शत्रमा साहित्यकार जनकपुरीले मैथिली भाषाको निजत्व अहिले पनि गाउँ घरमा रहेका कथित तल्लो तप्काका व्यक्ति, मजदुर किसानहरुले बचाएको बताए। उनले मैथिली भाषामा संस्कृत भाषा हाबी हुँदै गएपछि यसले आफ्नो निजत्व गुमाएको यथार्थ सबैले स्वीकार गर्नुपर्ने बताए।

एसिडपीडित आरतीको माग : एसिड बेच्नेलाई पनि जन्मकैदको सजाय होस्

जारी जनकपुर साहित्य महोत्सवमा सौन्दर्य भित्र : सौन्दर्य बाहिर शत्रमा एसिड आक्रमणबाट पीडित आरती साह पनि सहभागी थिइन्। आरतीले आफ्नो विचार राख्दै गर्दा एसिड फाल्नेलाई जस्तै एसिड बेच्नेलाई पनि कडा कारबाही हुनुपर्ने माग गरेकी छन्।

उनले एसिड हान्ने तथा एसिड बेच्ने दुवैलाई जन्मकैदको सजाय हुनुपर्ने माग गरिन्। उनले भनिन् ‘एसीड फाल्ने मेरो श्रीमानकै कारण मात्र नभई एसिड बिक्री गर्ने व्यापारीका कारणसमेत मेरो यस्तो अवस्था आएको र यस्तो पीडा मेरो अन्य कुनै बहिनीलाई नहोस्।’ 

आफ्नो पुरानो तस्बिरसहित पुगेकी आरतीले तस्बिर देखाउँदै भनिन् ‘यो आरती मरिसकेको छ र अब यो आरती जिवित छ।’ उनले अगाडि भनिन् ‘अब जे मेरो स्वरुप छ त्यो स्वरुपमा बाँच्नका लागि समाजको सहयोगको आवश्यक छ।’ 

प्रकाशित: Mar 04, 2021| 14:22 बिहीबार, फागुन २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।