मंगलबार, चैत १०, २०८२

पुरानै ढाँचामा मूल्यांकन गर्न विद्यालयलाई पाठ्यक्रम विकास केन्द्रको निर्देशन 

पाठ्यक्रम विकास केन्द्रले पुरानै ढाँचामा विद्यार्थीको मूल्यांकन गर्न विद्यालयलाई निर्देशन दिएको छ।
 |  बिहीबार, फागुन २०, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २०, २०७७

काठमाडौं- पाठ्यक्रम विकास केन्द्रले पुरानै ढाँचामा विद्यार्थीको मूल्यांकन गर्न विद्यालयलाई निर्देशन दिएको छ।

National life

केन्द्रले पाठ्यक्रमका विषयमा शिक्षकले सहजीकरण गर्नुपर्ने र शिक्षकको निर्देशनमा विद्यार्थीले सिकाइ गर्नुपर्ने गरी मूल्यांकन परिषद्ले गरेको निर्णयलाई नै मान्यता दिने भएको हो।

कोभिड–१९ का कारण विद्यार्थीको प्रभावित भएको शिक्षा र सिकाइलाई सहजीकरण गर्न पाठ्यबस्तु समायोजन ढाँचा २०७७ मा भएकै व्यवस्थाअनुसार मूल्यांकन गर्न निर्देशन दिएको केन्द्रका महानिर्देशक केशवप्रसाद दाहालले जानकारी दिए।

उनले भने, ‘विद्यार्थीको मूल्यांकन गर्दा दुवै विषय मूल्याङकन गर्नुपर्ने हो वा होइन भन्ने विषयमा शिक्षकले सहजीकरण गर्नुपर्ने र शिक्षकको निर्देशनमा विद्यार्थीले सिकाइ गर्नुपर्ने दुवै विषयलाई नै मूल्यांकनको आधार तय गरिएको हो। विद्यालयले यहीअनुसार गर्दा सहज हुन्छ।’

पाठ्यक्रम मूल्याङकन परिषद्ले निर्धारण गरेको एक शैक्षिक सत्रमा १ हजार २० घण्टा पढाउनुपर्ने व्यवस्थाअनुसार निर्धारित पाठ्यघण्टा कोभिड १९ का कारण पढाउन नसकिने भएपछि केन्द्रले यस्तो निर्देशन दिएको हो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 04, 2021| 11:13 बिहीबार, फागुन २०, २०७७
प्रतिक्रिया दिनुहोस्