बुधबार, असोज ७, २०८३
  • गृहपृष्ठ
  • कला/साहित्य
  • गैंडाकोटमा फाइनप्रिन्ट फिभर हुँदै, मनीषा कोइराला, बाबुराम भट्टराईलगायत सहभागी हुने

गैंडाकोटमा फाइनप्रिन्ट फिभर हुँदै, मनीषा कोइराला, बाबुराम भट्टराईलगायत सहभागी हुने

 |  बिहीबार, फागुन २०, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २०, २०७७

काठमाडौं– प्रकाशक फाइनप्रिन्टले नवलपुरको गैंडाकोटमा फाइनप्रिन्ट फिभर आयोजना गर्ने भएको छ। 

गैंडाकोट नगरपालिकाको हर्कपुरमा चौधरी फाउन्डेसनले सञ्चालनमा ल्याएको उन्नति कल्चरल भिलेजमा फागुन २८ देखि २९ सम्म फाइनप्रिन्ट फिभर हुने भएको हो। 

कार्यक्रममा फाइनप्रिन्टबाट २०७७ सालमा प्रकाशित कृतिका प्रायः लेखकको उपस्थिति रहने छ। 

फिभरमा रोचक एवम् बौद्धिक विमर्शका सत्रहरू सञ्चालन हुने फाइनपिन्टले जनाएको छ। 

कार्यक्रममा लेखकहरूले आफ्ना पुस्तकका विषयमा चर्चापरिचर्चा गर्नुका साथै पाठकसँग संवाद एवम् अन्तक्र्रिया गर्नेछन्। 

फाइनपिन्टका अनुसार कार्यक्रममा विशेष छुटमा पुस्तकको स्टल पनि राखिने छ। 

कार्यक्रमले पाठक एवम् लेखकलाई नजिक्याउने आयोजकले विश्वास लिएको छ। 

फाइनपिन्टले भनेको छ, ‘यो लेखक साहित्यकारको जमघट मात्र हुनेछैन, कला, संस्कृति, साहित्य आदिमा रुचि एवम् जिज्ञासा राख्नेहरूको महोत्सव हुने हाम्रो आशा छ।’ 

कार्यक्रमका वक्ता 

फाइनप्रिन्ट फिभरका अवसरमा एक ज्यान दुई जुनीका लेखक देवेन्द्रराज पाण्डे, गुमनाम आमाहरूको कथाका लेखक डा. बाबुराम भट्टराई, जिजीविषाकी लेखक मनीषा कोइराला, देश देशावरका लेखक जीवा लामिछाने सहभागी हुनेछन्। 

त्यस्तै, पुँजीवाद र स्वतन्त्र समाजका आधारशीलाका अनुवादक मुराहरि पराजुली, का लेखक असीम सागर, कबाल्स एन्ड कार्टेल्सका लेखक राजीव उपाध्याय, बिटविन क्विन्स एन्ड द सिटिजका लेखक निरञ्जन कुँवर र रहरका लेखक सुरेश बडालको पनि सहभागिता रहने छ। 

उक्त अवसरमा रवीन्द्र मिश्रको नयाँ कृति राजनीतिसँगै राजकाज पुस्तकमा केन्द्रित रहेर सञ्चारकर्मी रवि लामिछानेले संवाद गर्ने कार्यक्रम पनि छ। 

कार्यक्रम चौधरी फाउन्डेसनसँगको सहकार्यमा हुन लागेको हो। नारायणघाट बजारबाट करिब १२ किमि पश्चिम दूरीमा रहेको नवलपुरको हर्कपुरस्थित उन्नति कल्चरल भिलेजमा सांस्कृतिक थारु गाउँको अवधारणामा काम भइरहेको छ। जहाँ थारु डबली, थारु बार आदि छन्। 

भिलेजमा थारु गाउँका विशेषतालाई मात्र देखाइएको छैन, नेपालको विभिन्न कला एवम् संस्कृतिबारे जानकारी दिने प्रयास पनि गरिएको छ। 
 

प्रकाशित: Mar 04, 2021| 09:58 बिहीबार, फागुन २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।