मंगलबार, चैत १०, २०८२

स्कुलको छानो ११ महिनादेखि ह्वांगै

वनगाड कुपिण्डे नगरपालिका वडा–११ स्थित भेरी निम्न माध्यमिक विद्यालयका विद्यार्थी छानोबिनाका कक्षाकोठामा पढिरहेका छन्।
 |  बिहीबार, फागुन २०, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २०, २०७७

सुर्खेत– सल्यानमा एक विद्यालयको छानो ११ महिनादेखि ह्वाङ्गै रहेको पाइएको छ। 

National life

वनगाड कुपिण्डे नगरपालिका वडा–११ स्थित भेरी निम्न माध्यमिक विद्यालयका विद्यार्थी छानोबिनाका कक्षाकोठामा पढिरहेका छन्।

गत वैशाख २८ गते विद्यालयको छानो हावाहुरीले उडाएको थियो। छानो मर्मत नभएपछि विद्यार्थीहरुलाई घाम र धुलोले सताउने गरेको छ। आर्थिक अभावका कारण उडाएको छानो हाल्न नसकेको विद्यालयले जनाएको छ।

‘छानो मर्मतका लागि विद्यालयमा आर्थिक स्रोत छैन,’ प्रधानाध्यापक हेमराज ओलीले भने, ‘जनप्रतिनिधि र नगरपालिकालाई समस्या जानकारी गराए पनि वास्ता गरिएन।’ नगरपालिकाले छानो मर्मतका लागि पहल नगरेको उनको गुनासो छ। 

नगरपालिकाले भने छिट्टै विद्यालयको छानो मर्मत गरिने जनाएको छ। ‘विद्यालयमा छानो उडेको विषय समयमै जानकारी भएन,’ नगर प्रमुख गोविन्द पुनले भने, ‘नगरसभाबाट बजेट छुट्याएर मर्मत गर्छौं।’

Laxmi sunrise bank
kumari


 

प्रकाशित: Mar 04, 2021| 07:12 बिहीबार, फागुन २०, २०७७
प्रतिक्रिया दिनुहोस्