बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राजनीतिक विवादमा छिटो निर्णय दिन निर्वाचन आयोगलाई पूर्वप्रमुख आयुक्तहरुको आग्रह

राजनीतिक विवादमा छिटो निर्णय दिन निर्वाचन आयोगलाई पूर्वप्रमुख आयुक्तहरुको आग्रह

निर्वाचन आयोगका पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले राजनीतिक दलको विवाद निरुपणमा छिटो निर्णय दिन निर्वाचन आयोगलाई आग्रह गरेका छन्।
 |  बुधबार, फागुन १९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १९, २०७७

काठमाडौं- निर्वाचन आयोगका पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले राजनीतिक दलको विवाद निरुपणमा छिटो निर्णय दिन निर्वाचन आयोगलाई आग्रह गरेका छन्।

आज साँझ एक विज्ञप्ति जारी गर्दै ५ जना पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले प्रचलित कानून र स्थापित नजीरहरुका आधारमा उपयुक्त र यथाशीघ्र निर्णय दिन आग्रह गरेका हुन्।

‘राजनीतिक दलको विवाद निरुपणमा ढिलाई गरेको भनि निर्वाचन आयोगको र्णिय क्षमता र स्वायत्तताका विषयमा उठाइएका प्रश्नहरुले हामीलाई गम्भीर बनाएको छ।’ विज्ञप्तिमा भनिएको छ, ‘आयोग अनिर्णयको बन्दी रहँदा त्यसले मुलुकको राजनीतिक प्रक्रियामा पार्नसक्ने गाम्भीर्यता तथा आयोगको आफ्नै साखमा पर्न सक्ने असरलाई समेत विचार गरी प्रचलित कानून र स्थापित नजीरहरुका आधारमासमेत यस विषयमा उपयुक्त निर्णय यथाशीघ्र दिन आयोग समक्ष आग्रह गर्दछौँ।

विज्ञप्तिमा पूर्वप्रमुख निर्वाचन आयुक्तहरु सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, अयोधिप्रसाद यादव र दोलखबहादुर गुरुङले हस्ताक्षर गरेका छन्।

प्रकाशित: Mar 03, 2021| 14:55 बुधबार, फागुन १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।