बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • शान्ता चौधरी भन्छिन्– दाहाल–नेपालसँग निलम्बन गर्ने हैसियत नै छैन

शान्ता चौधरी भन्छिन्– दाहाल–नेपालसँग निलम्बन गर्ने हैसियत नै छैन

नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीले दाहाल–नेपाल समूहले आफूलाई पार्टीबाट निलम्बन गर्ने हैसियत नै नभएको प्रतिक्रिया दिएकी छन्।
 |  बुधबार, फागुन १९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १९, २०७७

काठमाडौं– नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीले दाहाल–नेपाल समूहले आफूलाई पार्टीबाट निलम्बन गर्ने हैसियत नै नभएको प्रतिक्रिया दिएकी छन्। 

दाहाल–नेपाल समूहको नेकपा केन्द्रीय कमिटी बैठकले ६ महिनाका लागि पार्टीबाट निलम्बन गर्ने निर्णयपछि संक्षिप्त प्रतिक्रिया दिँदै चौधरीले उक्त कुरा बताएकी हुन्। चाैधरी ओली समूहकी सचेतक हुन्।

दाहाल–नेपाल समूहले बुधबार चौधरीसहित सुवास नेम्बाङ प्रभु साह, प्रमुख सेचतक विशाल भट्टराई, सूर्य थापा, महेश बस्नेत र कर्ण थापालाई पार्टीबाट निलम्बन गर्ने निर्णय गरको थियो।

उनीहरूमाथि पार्टी विधान कुल्चिएको र लोकतान्त्रिक मूल्यमान्यता विपरीत गतिविधि गरेको आरोप छ। 

चौधरीले भनिन्, ‘हामी हाम्रो घरमा सानदार रुपमा बस्छौं र यसलाई सुन्दर बनाउँछौं।’ उनले दाहाल–नेपाल समूह पाहुना हुन आएकाले उनीहरूलाई निलम्बन गर्ने हैसियत नै नरहेको बताइन्।  
 

प्रकाशित: Mar 03, 2021| 10:05 बुधबार, फागुन १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।