बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेशसभा बैठक स्थगित, मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव अन्योलमा

प्रदेशसभा बैठक स्थगित, मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव अन्योलमा

भोलि (बिहीबार) का लागि बोलाइएको प्रदेश १ को प्रदेशसभा बैठक सूचना टाँसेर स्थगित गरिएको छ।
 |  बुधबार, फागुन १९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १९, २०७७

विराटनगर- भोलि (बिहीबार) का लागि बोलाइएको प्रदेश १ को प्रदेशसभा बैठक सूचना टाँसेर स्थगित गरिएको छ।

अर्काे बैठक चैत २ गते दिउँसो साढे १२ बजे बस्ने प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले वताए। मुख्यमन्त्री शेरधन राईविरुको अविश्वास प्रस्ताव टेवल भएर यसअघिको वैठक स्थगित गरिएको थियो।

नेकपा ओली पक्षीय सांसदबिना प्रदेशसभा बैठकमा प्रस्ताव टेवल गरिएको थियो। मुख्यमन्त्री शेरधन राईले फागुन ९ गतेको बैठक स्थगित गर्न सभामुख प्रदीपकुमार भण्डारीलाई दबाब दिएका थिए।

सभामुखले अविश्वास प्रस्ताव कार्यसूचीमा राखिसकेकाले बैठक स्थगित नहुने जवाफ दिएपछि ओली पक्षीय सांसद बैठकमा आएनन्। 

नेकपा प्रमुख सचेतक बुद्विकुमार राजभण्डारीले कारबाही गरिएका १६ जना सांसदलाई बैठकमा आउनबाट रोक नलगाएसम्म प्रदेशसभा बैठकमा उपस्थित नहुने बताउँदै आएका छन्।

बिहीबारको बैठकमा पनि ओली पक्षीय सांसद प्रदेशसभा बैठकमा नआउने जनाउ दिएपछि विशेष कारण देखाएर वैठक स्थगित गरिएको स्रोतको भनाइ छ।

प्रदेशसभामा नेकपा नेकपा दाहाल–नेपाल समूहले गत पुस ११ गते मुख्यमन्त्री राईविरुद्ध अविश्वास पेश गरेको थियो।

बैठक सार्दै मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव अन्योलमा पार्न खोजिएको दाहाल–नेपाल समूहका सांसदहरुको आरोप छ।

No description available.

प्रकाशित: Mar 03, 2021| 09:35 बुधबार, फागुन १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।