बिहीबार, भदौ १८, २०८३

विप्लवसँगको वार्ता सहमति नजिक : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासँग भएको वार्ता सहमति नजिक रहेकाे जनाएका छन्। 
 |  बुधबार, फागुन १९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १९, २०७७

काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासँग भएको वार्ता सहमति नजिक रहेकाे जनाएका छन्। 

सरकारी वार्ता टाेलीका संयाेजकसमेत रहेका गृहमन्त्री थापाले विप्वलसँग धेरै सैद्धान्तिक र प्राविधिक विषय सहमति नजिक रहेको स्पष्ट पारेका हुन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘केही विषयमा छलफल जारी छ।  छिट्टै सुखद परिणाम आउने अपेक्षा छ।’

थापा नेतृत्वमा रहेको सरकारी वार्ता टोली र विप्लवका तर्फबाट खडकबहादुर विश्वकर्मा संयोजकत्वको टोलीबीच बुधबार बिहान प्रधानमन्त्री निवासमा वार्ता भएको थियो।

वार्ता टोली सदस्यमा सरकारका तर्फबाट प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराई तथा विप्लवका तर्फबाट उदय चलाउने छन्।

थापाले फेसबुकमा लेखेका छन्, ‘मेरो नेतृत्वमा रहेको नेपाल सरकारी वार्ता टोली र विप्लव नेतृत्वको नेकपाको प्रकाण्डको नेतृत्वमा रहेको वार्ता टोलीबीच आज भएको पहिलो वार्ता सकारात्मक छ।’ 

सरकारले गत वर्ष फागुन २८ गते विप्लवका गतिविधि प्रतिबन्ध लगाएको थियो। त्यसपछि विप्लवका कार्यकर्ताले देशका केही ठाउँमा हिंसात्मक गतिविधि गर्दै आएका थिए।

सरकारले मंगलबार वार्ता टोली गठन गरेपछि विप्लव पनि वार्तामा बस्न तयार भएको हो। सरकारले वार्ता गरे पनि विप्लव नेकपाका गतिविधिमाथि लगाएको प्रतिबन्ध भने फुकुवा गरेको छैन।

अब अर्को वार्ता कहिले हुन्छ भन्नेमा केही खुलाइएको छैन।

प्रकाशित: Mar 03, 2021| 09:04 बुधबार, फागुन १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।