बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुवास नेम्बाङ र सूर्य थापासहित सात केन्द्रीय सदस्य निलम्बित

सुवास नेम्बाङ र सूर्य थापासहित सात केन्द्रीय सदस्य निलम्बित

 |  बुधबार, फागुन १९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १९, २०७७

काठमाडौं– नेकपा दाहाल–नेपाल समूहले संसदीय दलका उपनेता सुवास नेम्बाङ र प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापासहित सात नेतालाई पार्टीबाट निलम्बन गरेको छ।

समूहको बुधबार बसेको केन्द्रीय कमिटी बैठकले  उनीहरुलाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको नेता वर्षमान पुनले जानकारी दिए। 

निलम्बन भएका अन्य केन्द्रीय सदस्यमा सहरी विकासमन्त्री प्रभु साह, प्रमुख सेचतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, महेश बस्नेत र कर्ण थापा छन्। 

बैठकले नेम्बाङलाई संसदीय दलको उपनेताबाट तीन दिनभित्र राजीनामा गर्न निर्देशन दिएको छ। 

निलम्बन गरिएका सबै नेताहरु ओली समूहका हुन्।  

दलको मर्यादाविपरीत गतिविधि गरेको आरोपमा उनीहरूलाई निलम्बन गरिएको नेता वर्षमान पुनले जानकारी दिए।

प्रकाशित: Mar 03, 2021| 08:53 बुधबार, फागुन १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।