बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • इन्धनको मूल्यवृद्धि फिर्ता नलिए सशक्त आन्दोलन गर्ने विद्यार्थीको चेतावनी

इन्धनको मूल्यवृद्धि फिर्ता नलिए सशक्त आन्दोलन गर्ने विद्यार्थीको चेतावनी

इन्धनमा गरिएको मूल्यवृद्धि फिर्ता नलिए सशक्त आन्दोलन गर्ने चेतावनी विभिन्न विद्यार्थी संगठनले दिएका छन्।
 |  बुधबार, फागुन १९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १९, २०७७

काठमाडौं– इन्धनमा गरिएको मूल्यवृद्धि फिर्ता नलिए सशक्त आन्दोलन गर्ने चेतावनी विभिन्न विद्यार्थी संगठनले दिएका छन्।

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिको विरोधमा बुधबार नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा धर्ना दिन पुगेका विद्यार्थीले यस्तो चेतावनी दिएका हुन्। 

धर्नामा नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी), नेकपा (विप्लव) निकट अखिल (क्रान्तिकारी) लगायत ६ वटा विद्यार्थी संगठन सहभागी छन्।

विद्यार्थी संगठनले मूल्यवृद्धि फिर्ता लिन र महँगी नियन्त्रण गर्न माग गरेका छन्।  

निगमले केही दिनअघि पेट्रोल र डिजेलमा मूल्य वृद्धि गरेको थियो। पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरिँदा जनताको दैनिकीमै गम्भीर असर गर्ने भएकाले तत्काल फिर्ता लिनुपर्ने माग उनीहरुको छ।

उनीहरुले मूल्यवृद्धि फिर्ता नलिए विद्यार्थी थप आन्दोलित हुने चेतावनी दिए।

सरकारले जनताको दैनिकीमा गम्भीर असर पर्ने गरी मूल्यवृद्धि गरेको आरोप नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेलले लगाए। उनले भने, ‘मूल्यवृद्धि फिर्ता नलिए हामी सशक्त आन्दोलनमा उत्रनेछौं।'

प्रकाशित: Mar 03, 2021| 07:11 बुधबार, फागुन १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।