बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गाडीकाे ठक्करबाट विद्यार्थीकाे मृत्यु, दाेषीलाई कारबाहीकाे माग गर्दै जाउलाखेल सडक अवरुद्ध

गाडीकाे ठक्करबाट विद्यार्थीकाे मृत्यु, दाेषीलाई कारबाहीकाे माग गर्दै जाउलाखेल सडक अवरुद्ध

ललितपुरको नख्खुमा गाडीको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएपछि अहिले जाउलाखेल सडक अवरुद्ध पारिएकाे छ।
 |  बुधबार, फागुन १९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १९, २०७७

काठमाडौं - ललितपुरको नख्खु दाेबाटाेमा गाडीको ठक्करबाट विद्यार्थीको मृत्यु भएकाे विराेधमा अहिले जाउलाखेल सडक अवरुद्ध पारिएकाे छ।

बिहान साढे ५ बजे स १ ज ५६७ नम्बरको गाडीले ठक्कर दिँदा कोटेश्वर बहुमुखी क्याम्पसमा अध्ययनरत अञ्जु दाहाल (१९) को मृत्यु भएको थियो।  सहपाठीकाे मृत्यु भएकाे विराेधमा क्याम्पसका विद्यार्थीले सडक अवरुद्ध पारेका हुन्।

सडक पार गर्ने क्रममा दाहाललाई गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गम्भीर घाइते दाहालको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। 

कोटेश्वर क्याम्पसका विद्यार्थीले दोषीमाथि कारबाही र पीडितलाई उचित क्षतिपूर्तिको माग गरेका छन्। स्नातक पहिलो वर्षमा अध्ययनरत अञ्जु सिन्धुपाल्चोककी हुन्। 

विद्यार्थीकाे अवराेधका कारण सडक अवरुद्ध हुँदा सवारी आवागनमा कठिनाइ भएकाे छ।

 

प्रकाशित: Mar 03, 2021| 07:10 बुधबार, फागुन १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।