काठमाडौं– त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले सञ्चालन गर्ने वार्षिक प्रणाली अन्तर्गतको परीक्षा सञ्चालन हुने सम्पूर्ण केन्द्रहरुमा चैत २० गतेभित्र सीसी क्यामरा जडान गर्न निर्देशन दिएको छ।
परीक्षा सञ्चालन कक्ष, उत्तरपुस्तिका सिलबन्दी गर्ने कक्ष र प्रवेशद्वारको सम्पूर्ण दृष्य आउने गरी सीसी क्यामरा जडान गर्न निर्देशन दिएको हो। जडान गरिएको सीसी क्यामराको रेकर्ड डेढ महिनासम्म राख्नुपर्ने र यसको अनुगमन परीक्षा नियन्त्रण कार्यलयले गर्ने त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितले निर्णय गरेको छ।
सीसी क्यामरा जडान नगर्ने परीक्षा सञ्चालन केन्द्रलाई आगामी परीक्षा सञ्चालन गर्नबाट बञ्चित गर्ने पनि पनिकाले निर्णय गरेको छ।