बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • श‌शांक कोइरालाले भने- दाहाल-नेपाल समूहसँग मिलेर कांग्रेस सरकारमा जानुपर्छ

श‌शांक कोइरालाले भने- दाहाल-नेपाल समूहसँग मिलेर कांग्रेस सरकारमा जानुपर्छ

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर सरकारमा जानुपर्ने धारणा राखेका छन्। 
 |  बुधबार, फागुन १९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १९, २०७७

चितवन - नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर सरकारमा जानुपर्ने धारणा राखेका छन्। 

उनले आज यहाँ पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव कांग्रेस वा दाहाल–नेपाल समूहले दर्ता गर्ने जानकारी दिए। 

उनले कांग्रेस सरकारमा नगएर नै नेकपा विभाजन हुन्छ भने सरकारमा जानुको अर्थ नहुने बताए। 

प्रतिनिधिसभा सदस्य डा. कोइरालाले भने, ‘नेकपालाई टुटाउने हो भने कांग्रेस सरकारमा जानुपर्छ। त्यसभन्दा पहिले नै टुट्छ भने सरकारमा गएर केही उपलब्धि हुँदैन।’

उनले सबैभन्दा पहिले प्रधानमन्त्रीलाई हटाउनुपर्ने जनाउँदै त्यसका लागि अविश्वासको प्रस्ताव दर्ता हुने जानकारी दिए। 

फरक प्रसंगमा महामन्त्री डा. कोइरालाले आगामी भदौ ७ गते महाधिवेशन सुरु  हुने जनाउँदै अब  भने मिति नसर्ने बताए। रासस

प्रकाशित: Mar 03, 2021| 06:34 बुधबार, फागुन १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।