बिहीबार, भदौ १८, २०८३

नेता र सांसदले लगाए कोरोना खोप

विभिन्न राजनीतिक दलका नेता, सभामुख र सांसदहरुले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।
 |  बुधबार, फागुन १९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १९, २०७७

काठमाडौं– विभिन्न राजनीतिक दलका नेता, सभामुख र सांसदहरुले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन्।

सभामुख अग्निप्रसाद सापकोटा, नेकपा दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले बुधबार बिहान राजधानीको निजामती अस्पतालमा पुगेर खोप लगाएका हुन्। 

यस्तै स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले पनि खोप लगाएका छन्। फागुन २३ गते संसद् बैठक सुरु हुने भएकाले त्यसअघि नै सांसद र नेताहरूलाई खोप लगाउने व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको हो।

खोप लगाएपछि स्वास्थ्यमन्त्री त्रिपाठीले भने, ‘२३ गतेपछि लगाउने योजनामा थिएँ। संसद् बैठक सुरु हुने भएकाले आजै लगाएको हुँ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना तथा सञ्चार केन्द्रका अनुसार बुधबार बिहान १० बजेदेखि खोप लगाउन थालिएको हो।

पहिलो चरणमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षाकर्मी, पत्रकार, जनप्रतिनिधिलाई खोप लगाइएको छ भने २३ गतेदेखि दोस्रो चरणको खोप लगाइँदै छ। दोस्रो चरणमा ५५ वर्षभन्दा माथिका नागरिक, शिक्षक, विद्यार्थीलगायतलाई प्राथमिकतामा राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित: Mar 03, 2021| 06:08 बुधबार, फागुन १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।