बिहीबार, भदौ १८, २०८३

‘सरकार–विप्लव पहिलो वार्ता सकारात्मक’

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान भएको वार्ता सकारात्मक रहेकाे सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिए।
 |  बुधबार, फागुन १९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १९, २०७७

काठमाडौं– सरकार र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वकाे नेकपाबीच पहिलो वार्ता सकिएकाे छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान भएको वार्ता सकारात्मक रहेकाे सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिए।

भट्टराईले  सामाजिक सञ्जालमा लेखेका छन्, ‘दुई पक्षबीच पहिलो चरणको वार्ता आज बिहान सम्पन्न भएको छ। वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी गराउँछु।’

दुई पक्षबीच बुधबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता सुरु भएको थियो। 

वार्तामा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई तथा विप्लवका तर्फबाट प्रवक्ता खडकबहादुर विश्वकर्मा र उदय चलाउने सहभागी थिए।

सरकारले गत वर्ष फागुन २८ गते विप्लवका गतिविधि प्रतिबन्ध लगाएको थियो। त्यसपछि विप्लवका कार्यकर्ताले देशका केही ठाउँमा हिंसात्मक गतिविधि गर्दै आएका थिए।

सरकारले मंगलबार वार्ता टोली गठन गरेपछि विप्लव पनि वार्तामा बस्न तयार भएको हो। सरकारले वार्ता गरे पनि विप्लव नेकपाका गतिविधिमाथि लगाएको प्रतिबन्ध भने फुकुवा गरेको छैन।

अब अर्को वार्ता कहिले हुन्छ भन्नेमा केही खुलाइएको छैन।

प्रकाशित: Mar 03, 2021| 05:34 बुधबार, फागुन १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।