काठमाडौं– सरकार र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाबीच वार्ता सुरु भएको छ।
दुई पक्षबीच बुधबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता सुरु भएको उच्च सुरक्षा स्रोतले नेपाल समयलाई जानकारी दियो।
वार्तामा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई तथा विप्लवका तर्फबाट प्रवक्ता खडकबहादुर विश्वकर्मा र उदय चलाउने सहभागी छन्।
सरकारले गत वर्ष फागुन २८ गते विप्लवका गतिविधि प्रतिबन्ध लगाएको थियो। त्यसपछि विप्लवका कार्यकर्ताले देशका केही ठाउँमा हिंसात्मक गतिविधि गर्दै आएका थिए।
सरकारले मंगलबार वार्ता टोली गठन गरेपछि विप्लव पनि वार्तामा बस्न तयार भएको हो। सरकारले वार्ता सुरुवा गरे पनि विप्लव नेकपाका गतिविधिमाथि लगाएको प्रतिबन्ध भने फुकुवा गरेको छैन।