बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दुर्घटना न्यूनीकरणका लागि आकाशेपुल मर्मत र निर्माण गरिँदै

दुर्घटना न्यूनीकरणका लागि आकाशेपुल मर्मत र निर्माण गरिँदै

काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षमा नयाँ आकाशे पुल निर्माणसँगै जीर्ण रहेका पुलहरूको मर्मतलाई तीव्रता दिएको छ। 
 |  बुधबार, फागुन १९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १९, २०७७

काठमाडौं - काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षमा नयाँ आकाशे पुल निर्माणसँगै जीर्ण रहेका पुलहरूको मर्मतलाई तीव्रता दिएको छ। 

अहिले वीर अस्पताल अगाडिको आकाशे पुल मर्मतको काम भइरहेको छ।

यहाँको काम सकेसँगै आवश्यकता हेरी अन्य स्थानमा पनि काम अघि बढाइने कामपाको तयारी छ।

कामपाभित्र सुन्धारा, नयाँ सडक, वीर अस्पताल, रत्नपार्क–भोटाहिटी, जमल, रत्नपार्क–बागबजार, पुरानो बसपार्क, भद्रकाली र नयाँ बसपार्कमा आकाशे पुल चालु छन्।

भद्रकाली, पुरानो बसपार्क र नयाँ बसपार्कमा केही वर्षअघि निर्माण गरिएको पुल मर्मत गर्न नपर्ने अवस्थामा छन्। 

अन्य स्थानका पुल तत्काल मर्मत गर्नुपर्ने अवस्थामा रहेको कामपाका प्रवक्ता ईश्वरमान डंगोलले बताए। 

त्यसैगरी नयाँ पुल निर्माणको पहिलो चरणमा चावहिल र पुरातत्व विभाग अगाडि निर्माणको काम सम्पन्न गरी प्रयोगमा नै आइसकेका छन्।

पुलको आवश्यकता धेरै स्थानमा छ र भएकाको पनि मर्मतको काम त्यत्तिकै आवश्यकता रहेकाले कामपाले यी दुवै कामलाई अघि बढाएको   प्रवक्ता डंगोलको भनाइ छ ।

तत्काल आठ स्थानमा पुल बनाउने योजना कामपाको छ। 

दुई स्थानका सम्पन्न भइसके, तीन स्थानमा निर्माण चरणमा छन् र अन्य पनि सुरु गर्ने तयारी छ। तत्काल निर्माण भएका र आगामी दिनमा निर्माण गरिने सबै पुल आवश्यकतानुरुप एक स्थानबाट अन्यत्र सहजै स्थानान्तरण गर्न सकिने किसिमको छ।  

दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापनसँगै पैदलयात्रुको सहजताका लागि ट्राफिक प्रहरी र सडक विभागको सहकार्यमा कामपाले ती स्थानमा नयाँ किसिमका पुल बनाउन लागेको हो। 

टेकु भन्सार, त्रिपुरेश्वर, पुतलीसडक, महाराजगञ्ज, कोटेश्वर, गौशाला चोकमा पनि नयाँ पुल निर्माण गर्ने कामपाको योजना छ।

सवारीसाधनको अत्यधिक चाप हुने ती क्षेत्रमा त्यस्ता पुल अभावमा पैदलयात्रुलाई बाटो काट्न समस्या पर्दै आएको छ। 

पैदलयात्रुले जथाभाबी बाटो काट्दा सवारी जामको अवस्था देखिँदै आएको छ। रासस

प्रकाशित: Mar 03, 2021| 03:56 बुधबार, फागुन १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।