काठमाडौं - नेकपा दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दै छ।
बैठक दिउँसो १ बजे पेरिसडाँडामा बस्ने भएको हो।
सोमबार बिहान सिंहदरबारमा बसेको सचिवालयको बैठकले आज केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको थियो।
संसद् पुनर्स्थापनापछि अहिले नेताहरूको दौडधुपले तीव्रता पाएको छ। फागुन २३ गते संसद् बैठक पनि आह्वान भएको छ।
सोही संसद् बैठकका लागि रणनीति तय गर्न आज केन्द्रीय कमिटी बैठक बस्न लागेको बताइएको छ।