बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सन्थाल साथीहरूसँग भैंसी चराएर बाल्यकाल बिताएँ : प्रधानमन्त्री ओली

सन्थाल साथीहरूसँग भैंसी चराएर बाल्यकाल बिताएँ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बाल्यकाल सन्थाल साथीहरूसँग भैंसी चराएर बितेको बताएका छन्। 
 |  मंगलबार, फागुन १८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १८, २०७७

विराटनगर– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बाल्यकाल सन्थाल साथीहरूसँग भैंसी चराएर बितेको बताएका छन्। 

उर्लाबारी-९ मा सन्थाल बस्तीमा निर्माण गरिने १३२ घर र सामुदायिक भवन मंगलबार साँझ शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले बाल्यकालको स्मरण गरेका हुन्। उनले बाल्यकालको अधिकांश समय सन्थालसँग बितेको बताए। 

प्रधानमन्त्री ओलीले भने, ‘सन्थालसँगै बसेर भैंसी चराउने, माछा मारेर दिन बिताउँथे।’ 

ओलीले धनुवाण चलाउन पनि उनीहरुबाटै सिकेको  स्मरण गरे। 

आफूले नेपाली भाषापछि पहिलोपटक सन्थाल भाषा सिकेको बताए।  

प्रधानमन्त्री ओलीले चाडबाडमा बजाउने सन्थाल बाजाको संरक्षणका लागि एक लाख रुपैयाँ घोषणा गरेका छन्। 

उर्लाबारीका मात्र नभएर अन्य जिल्लामा रहेका सन्थाल जातिको पनि सरंक्षण गरिने प्रधानमन्त्रीको भनाइ छ। 

प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारलाई जेष्ठ नागरिकको आशीर्वाद र युवाको शुभकामना रहेको बताए। 

उनले भने, ‘सरकारप्रति जेष्ठ नागरिकको आशीर्वाद र युवाले आई लभ यू भनेर साथ दिएका छन्। युवाको जागरणप्रति सलाम छ।’

प्रकाशित: Mar 02, 2021| 12:54 मंगलबार, फागुन १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।