बिहीबार, भदौ १८, २०८३

विप्लव र सरकारलाई इमानदार बन्न कांग्रेसको आग्रह

नेपाली कांग्रेसले नेत्रविक्रम चन्द  (विप्लव) नेतृत्वको नेकपा र सरकारलाई समस्या  समाधानमा इमानदार भएर प्रस्तुत हुन आग्रह गरेको छ।
 |  मंगलबार, फागुन १८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १८, २०७७

काठमाडौं– नेपाली कांग्रेसले नेत्रविक्रम चन्द  (विप्लव) नेतृत्वको नेकपा र सरकारलाई समस्या  समाधानमा इमानदार भएर प्रस्तुत हुन आग्रह गरेको छ।

दुवैतर्फबाट वार्ता टोली गठन हुनु सकारात्मक भन्दै कांग्रेसले यस्तो आग्रह गरेको हो।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ, 'सरकार र विप्लव समूहले इमानदारीपूर्वक बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक, संसदीय शासन प्रणालीको परिधिभित्र रही समाधान खोज्ने छन् भन्ने नेपाली कांग्रेसले विश्वास लिएको छ।’

विज्ञप्तिमा नेपाली कांग्रेस सबै समस्याको समाधान वार्ता, संवादबाट गर्नुपर्ने मान्यतामा दृढ रहँदै आएको उल्लेख छ।

सरकारले मंगलबार विप्लवसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ।

यस्तै विप्लव समूहले पनि प्रवक्ता खड्गबहादुर विश्वकर्माको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ।

हिंसात्मक गतिविधि गरेको भन्दै सरकारले गत वर्ष फागुन २८ गते विप्लव नेतृत्वको नेकपाका गतिविधिमाथि प्रतिबन्ध लगाएको थियो।

यसपछि विप्लव समूहले देशका विभिन्न ठाउँमा बम विस्फोट लगायतका घटना गराउँदै आएको छ। त्यस्तै समूहका विभिन्न नेताकार्यकर्ता पक्राउ परेका छन्।

सरकारले वार्ता टोली गठन गरे पनि विप्लव समूहमाथि लगाएको प्रतिबन्ध भने हटाइसकेको छैन। सरकारी अधिकारीहरू वार्तामा बस्नुअघि प्रतिबन्ध हटाउने बताउँछन्।

प्रकाशित: Mar 02, 2021| 12:42 मंगलबार, फागुन १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।