बिहीबार, भदौ १८, २०८३

राप्रपाले गठन गर्‍यो केन्द्रीय निर्वाचन समिति

राष्ट्रिय प्रजातन्त्र पार्टीले आसन्न महाधिवेशनका लागि केन्द्रीय निर्वाचन समिति गठन गरेको छ।
 |  मंगलबार, फागुन १८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १८, २०७७

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले आसन्न महाधिवेशनका लागि केन्द्रीय निर्वाचन समिति गठन गरेको छ।

पार्टीका तीन अध्यक्षको मंगलबार बसेको बैठकले पार्टी नेता हरिबहादुर बस्नेतको अध्यक्षतामा समिति गठन गरेको हो।

राप्रपाको महाधिवेशन आगामी वैशाख २५ देखि २८ सम्म हुने कार्यक्रम छ। समितिलाई केन्द्रीय महाधिवेशन तथा स्थानीय तहको निर्वाचन सम्पन्न गर्न जिम्मेवारी तोकिएको छ।

बस्नेतको अध्यक्षतामा गठित समितिका सहअध्यक्षमा तोरणबहादुर गुरुङ, सचिव गीताभक्त जोशी, सहसचिव झनक प्याकुरेल छन्।

यस्तै सदस्यहरुमा रोशन कार्की, वरिष्ठ अधिवक्ता राजु बस्नेत, कैंया चौधरी, श्यामबहादुर शाही, पुष्कर अधिकारी, रामेश्वर श्रेष्ठ रहेको राप्रपाले जनाएको छ।

प्रकाशित: Mar 02, 2021| 12:26 मंगलबार, फागुन १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।