बिहीबार, भदौ १८, २०८३

ढिस्कोले पुर्दा भारतीय युवतीको मृत्यु

मोरङको सुनवर्षीमा माटो खन्ने क्रममा ढिस्कोमा  पुरिएर मंगलबार एक भारतीय युवतीको मृत्यु भएको छ।
 |  मंगलबार, फागुन १८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १८, २०७७

विराटनगर– मोरङको सुनवर्षीमा माटो खन्ने क्रममा ढिस्कोमा  पुरिएर मंगलबार एक भारतीय युवतीको मृत्यु भएको छ। 

भारतको दरभंगाकी २० वर्षीया वन्सुबिया यादवको दिउँसो २ बजेतिर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए। 

उनका अनुसार केही दिनअघि मात्रै सुनवर्षी नगरपालिका–४ गान्धी आश्रमस्थित मामाघर आएकी वन्सुबिया मावली गाउँका तीन÷चार जनासँग मिलेर माटो खन्न गएकी थिइन्। 

घटनास्थलमा पुगेको प्रहरी टोलीले माटोले पुरिएको अवस्थामा शव  निकालेको छ। 

शव पोस्टमार्टमा लागि रंगेली अस्पतालमा राखिएको छ। सुनवर्षी नगरपालिका–१ कालाबञ्जारस्थित डाँस खोलाको बगरमा रहेको खाल्डोभित्र माटो खन्ने क्रममा माथिबाट माटोको ढिस्को झरेर घटना भएको डीएसपी राईले जानकारी दिए। 

घटनामा एक बालिका र एक महिला घाइते भएका छन्। घाइते हुनेमा सुनवर्षी–४ की ९ वर्षीया मनिका यादव र ५५ वर्षीया झोलिया यादव छन्।  

उनीहरुको रंगेली अस्पतालमा उपचार भइरहेको छ। 
 

प्रकाशित: Mar 02, 2021| 12:19 मंगलबार, फागुन १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।