बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रपतिको प्रस्ताव अस्वीकार गरेको हुँ, पदको लोभ छैन : पौडेल  

राष्ट्रपतिको प्रस्ताव अस्वीकार गरेको हुँ, पदको लोभ छैन : पौडेल  

– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति पदको लोभमा परेको भनेर आफ्नाविरुद्ध कुप्रचार गरिएको बताएका छन्।
 |  मंगलबार, फागुन १८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १८, २०७७

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति पदको लोभमा परेको भनेर आफ्नाविरुद्ध कुप्रचार गरिएको बताएका छन्।

नेपाली कांग्रेस भक्तपुरले जिल्लाका पूर्वसभापति विश्वनाथ मिश्रको १०५ औं जन्मजयन्तीको अवसरमा मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा उत्रँदा राष्ट्रपति हुन खोजेको भन्दै आफ्नाविरुद्ध कुप्रचार गरिएको बताएका हुन्। 

लोकतन्त्रका लागि आफू सधैं लड्दै आएको भन्दै उनले प्रतिनिधिसभा विघटनविरुद्ध लोकतन्त्र र संविधानको रक्षाका लागि सडकमा निस्किएको बताए।

उनले पहिलो राष्ट्रपति बन्न गरिएको प्रस्ताव अस्वीकार गरेको दाबी गरे। ‘गिरिजाबाबुलाई राष्ट्रपति बन्न दिइएन। त्यसपछि गिरिजाबाबुले तपाईं बन्नुस् भनेर प्रस्ताव गर्नुभयो। तर मैले अस्वीकार गरेँ,’ उनले भने, ‘राष्ट्रपतिको पदमा खुम्चिएर हुँदैन, मैदानमा बसेर लड्छु भनेर छाडेर हिडेको थिएँ। अहिले मेराविरुद्ध गलत प्रचार गरियो।’

पौडेलले अहिले कांग्रेसले कुनै पदको लोभ गर्न नहुने बताए।

प्रकाशित: Mar 02, 2021| 11:47 मंगलबार, फागुन १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।