बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महेश बस्नेतले भने– प्रधानमन्त्रीले सुरक्षा खतरा महसुस गरेरै बोल्नुभएको हो

महेश बस्नेतले भने– प्रधानमन्त्रीले सुरक्षा खतरा महसुस गरेरै बोल्नुभएको हो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता तथा सांसद महेश बस्नेतले आफूहरुको पक्षमा ९२ जना सांसद पुग्ने दाबी गरेका छन्। उ
 |  मंगलबार, फागुन १८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १८, २०७७

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता तथा सांसद महेश बस्नेतले आफूहरुको पक्षमा ९२ जना सांसद पुग्ने दाबी गरेका छन्। उनले अबको प्रधानमन्त्री पनि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नै हुने दाबी गरे। 

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता बस्नेतले जतिसक्दो पार्टी फुटाएर भएका सांसदहरु जोगाउनका लागि दाहाल–नेपाल समूहलाई सुझावसमेत दिएका छन्। उनले भने, ‘जतिसक्दो चाँडो पार्टी फुटाएर आफ्नो समूहमा भएका सांसदहरु जोगाउनुहोस्।’

केही दिनभित्रै ओलीको पक्षमा ११५ जना सांसद पुग्ने पनि उनले दाबी गरे। उनले अब नेकपा एक भएर जाने सम्भावना कम रहेको भन्दै एकताको लागि धेरै जटिलता रहेको सुनाए। 

पूर्वमन्त्रीसमेत रहेका नेता बस्नेतले सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनःस्थापनाको फैसला आएपछि ढंग पु¥याइएन भने फेरि राजनीतिक अस्थिरता सुरु हुन्छ र विकृति सुरु हुन्छ भनेर गरिएको प्रक्षेपण क्रमशः पुष्टि हुँदै गएको सुनाए। उनले भने, ‘यो कुरा क्रमशः पुष्टि हुँदैछ। कतिपय पर्दाभित्र पनि देखिएको छ। आजको मितिमा प्रधानमन्त्री केपी शर्मा ओली संकटमा हुनुहुन्न, बरु उहाँलाई संकटमा पार्न खोज्ने प्रचण्ड र माधव नेपाल संकटमा परेका छन्।’

बस्नेतले अहिले दाहाल–नेपाल समूह ‘फ्रन्ट–गियर’ मा नभई ‘ब्याक–गियर’मा लाग्नुपर्ने अवस्थामा रहेको पनि चित्रण गरे। उनले दाहाल–नेपाल समूह पुुस ५ गते प्रधानमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबाट समेत ब्याक भएको टिप्पणी गरे। 

प्रधानमन्त्री ओलीले अहिले परिस्थितिको आँकलन गरिरहेकोले भोलिको दिनमा अतिरिक्त कदम चाल्नुपर्ने अवस्था पनि आउने बस्नेतको भनाइ छ। उनले नेकपा अहिले विभाजन नभएको जिकिर गरे। सरकारविरुद्ध अविश्वासको प्रस्ताव नआउने भएपछि प्रधानमन्त्रीसामु कसरी नैतिकताको प्रश्न आउने भन्दै उनले उल्टै प्रश्नसमेत गरे।

उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सत्ताको खेलमा नलाग्ने दाबी गरे। उता, जसपाका नेता राजेन्द्र महतोले दलको आधिकारिकता टुंगो लगाउन भनेकोले अहिले प्रचण्ड र माधव नेपाललाई सत्ता समीकरण ‘बोकाको मुखमा कुभिण्डो’ भएको बस्नेतको भनाइ छ। उनले प्रधानमन्त्री ओलीकै नेतृत्वमा नेपालको राजनीति लामो समयसम्म चल्ने भविष्यवाणी गरे। उनले भने, ‘अहिले पनि बल केपी ओलीकै कोर्टमा छ।’

भदौ २६ गतेअघिको अवस्थामा फर्किने हो भने पार्टी एकता सम्भव छ भनेर गृहमन्त्रीसमेत रहेका ओली पक्षका सचिवालय सदस्य रामबहादुर थापाले भनेको उल्लेख गर्दै उनले यदि त्यसो हो भने एकता हुने बताए। बस्नेतले दाहाल–नेपाल समूहले सत्ता समीकरणको लागि कांग्रेसको साथ खोज्न थालेपछि नेकपाका धेरै सांसदले प्रधानमन्त्री ओलीलाई नै साथ दिने विश्वास दिलाए। 

उनले प्रधानमन्त्री ओलीले सुरक्षा खतरा महसुस गरेर नै त्यो कुरा बोलेको दाबी गरे। उनले भने, ‘उहाँले सूचना पाएर नै सुरक्षा थ्रेटको कुरा बोल्नुभएको हो।’ उनले विगतमा पनि नेपालमा राष्ट्रियता, विकास र समृद्धिको अभियानमा लाग्नेहरुमाथि यस्तो भएको भन्दै भीमसेन थापा, मदन भण्डारी, वीरेन्द्र शाहको वंशनाशको प्रसंग उल्लेख गरे।

प्रधानमन्त्री ओलीलाई देशभित्र वा बाहिर कहाँबाट सुरक्षा खतरा छ भन्ने कुरामा भने आफू अपडेट नभएको बस्नेतले बताए।

प्रकाशित: Mar 02, 2021| 11:07 मंगलबार, फागुन १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।