मंगलबार, चैत १०, २०८२

शिक्षक महासंघको नेतृत्व विवाद टुंगियो, दुई महिनाभित्रै नयाँ अध्यक्ष 

शिक्षक पेसाबाट अवकाश पाएका अध्यक्ष बाबुराम थापा नेतृत्वबाट नहटेपछि महासंघमा विवाद हुँदै आएको छ।
 |  मंगलबार, फागुन १८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १८, २०७७

काठमाडौं – नेपाल शिक्षक महासंघ अध्यक्ष पदलाई लिएर भएको विवाद टुंगिएको छ। 

National life

शिक्षक पेसाबाट अवकाश पाएका अध्यक्ष बाबुराम थापा नेतृत्वबाट नहटेपछि महासंघमा विवाद हुँदै आएको छ।

उनी गत चैत ३० गते अवकाश भएका हुन्। अवकाश पाएपछि नेतृत्वबाट हट्नुपर्नेमा थापाले उल्टै विधान संशोधन गरेर कार्यकाल लम्ब्याएको भन्दै विभिन्न शिक्षक संगठनले उनको विरोध गर्दै आएका छन्।

थापामाथि आफ्नो कार्यकाल लम्ब्याउन विधानमा अध्यक्षको कार्यकाल चार वर्षको बनाएका आरोप छ।

महासंघले गत वर्ष चैत २८ मा विधान संशोधन गरेको थियो। अध्यक्ष थापाले महासंघ परिषद्का कुनै पनि निर्णय पालना नगरी विधि, पद्धति र निर्णयविरुद्ध एकल ढंगबाट विधान संशोधन गरेको आरोप नेपाल शिक्षक संघलगायतका संगठनले लगाएका थिए।

Laxmi sunrise bank
kumari

अहिले पेसागत संगठनबीच महासंघको विधानमा अध्यक्षको कार्यकाल तीन वर्ष कायम गर्ने सहमति भएपछि विवाद टुंगिएको नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष लक्ष्मण शर्माले जानकारी दिए।

उनका अनुसार अबको दुई महिनाभित्र नेतृत्व हस्तान्तरण गर्ने सहमति भएको छ। 

विवादको टुंगो अब बस्ने परिषद् बैठकले लगाउने शर्माको भनाइ छ। उनका अनुसार परिषद् बैठक २९ गतेका लागि तोकिएको छ। महासंघमा कार्यवाहक अध्यक्षको जिम्मेवारी शर्माले नै पाउनेछन्। तर त्यसअघि थापाले राजीनामा दिनुपर्नेछ।

शर्माले भने, ‘महासंघ अध्यक्षले राजीनामा दिएपछि उसले प्रतिनिधित्व गर्ने संगठनबाटै कार्यवाहक अध्यक्ष नियुक्त हुने प्रावधान विधानमा छ।’ 

थापा नेतृत्वको महासंघको वर्तमान कार्य समिति २०७४ फागुन २९ सम्पन्न महाधिवेशनबाट तीन वर्षका लागि तय भएको थियो।

थापा नेपाल राष्ट्रिय शिक्षक संगठनबाट शिक्षक महासंघको अध्यक्षमा चयन भएका थिए। समितिको कार्यकाल यही फागुनसम्म छ।

अब बस्ने परिषद्ले बैठकले अध्यक्षको कार्यकाल र शिक्षकबाट अवकाशपछि महासंघको पदाधिकारीमा कति समय काम गर्न पाउने या राजीनामा दिनुपर्ने भन्ने विषयमा निर्णय गर्ने नेपाल शिक्षक संघका अध्यक्ष राजेन्द्रराज पौडेलले बताए।

पेसागत संगठन भए पनि पेसाबाट अवकाश भएका व्यक्ति नेतृत्वमा रहेको भन्दै थापाको आलोचना हुँदै आएको छ। महासंघमा आबद्ध विभिन्न राजीतिक दल निकट संगठनहरुको दबाबपछि अध्यक्ष थापा विधान संशोधन गर्न सहमत भएका हुन्।

सहमतिपत्रमा संघका अध्यक्ष पौडेल, अध्यक्ष शर्मा र सहजीकरण कार्यदलका संयोजक सानोभाइ कार्कीले हस्ताक्षर गरेका छन्। 
 

प्रकाशित: Mar 02, 2021| 11:03 मंगलबार, फागुन १८, २०७७
प्रतिक्रिया दिनुहोस्