बिहीबार, भदौ १८, २०८३

थप ७८ जनामा कोरोना संक्रमण, निको हुने दर ९८.६ प्रतिशत

पछिल्लो २४ घण्टामा नेपालमा ७८ जनामा कोरोना संक्रमण भएको छ। तीमध्ये ३३ महिला र ४५ पुरुष छन्।
 |  मंगलबार, फागुन १८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १८, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा ७८ जनामा कोरोना संक्रमण भएको छ। तीमध्ये ३३ महिला र ४५ पुरुष छन्।

यस्तै ७२ जना संक्रमण मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख छ। अहिलेसम्म कोरोना संक्रमण हुनेको संख्या दुई लाख ७४ हजार २९४ पुगेको छ।

तीमध्ये दुई हजार ७७७ जनाको निधन भएको छ भने दुई लाख ७० हजार ५४३ जना कोरोना मुक्त भएका छन्। निको हुने संक्रमितको दर ९८.६ रहेको मन्त्रालयले जनाएको छ। 

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु भएको छैन।
 

प्रकाशित: Mar 02, 2021| 10:20 मंगलबार, फागुन १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।